सरकार विरुद्ध बुटवलमा ९ दलको विरोध सभा

८ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल ।  केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको चाहना र भावना अनुशार चल्न नसकेको भन्दै रुपन्देहीमा क्रियाशिल ९ राजनितिक दलहरुले विरोध प्रर्दशन गरेका छन् । उनिहरुले अहिलेको सरकार एकपछि अर्को आन्तरिक विवाधमा डुवेको भन्दै कुनै पनि जनपक्षिय काम नभएको आरोप लगाएका छन् । दलिय र व्यक्तिगत स्वार्थमा डुवेको सरकार जनताको सरकार बन्न नसकेको भन्दै उनिहरुले खवरदारी गर्न आवश्यक भएको बताएका थिए । आइवार जिल्लामा क्रियाशील ९ राजनीतिक दलहरुले असमान सन्धीसम्झौताहरु समेत खारेजीको माग सहित बुटवलमा विरोध सभा गरेका हुन् ।

संयुक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमार्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलमले किसानहरुका समस्यामा सरकारले कुनै सरोकार नराखेको भन्दै किसानहरुलाई मल, विउ समय मै उपलव्ध गराउन माग गरे । उनले किसनका समस्याहरुलाई राज्यले उपेक्षा गर्न नहुनेमा समेत जोड दिए । विरोध सभालाई सम्वोधन गर्दै नेकपा (मसाल) रुपन्देहीका प्रवक्त नारायण जि.सी.ले सरकार कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रण खरोरुपमा उत्रन नसकेको बताए ।नेकपा (संयुक्त)का पोलिटव्यूरो सदस्य कृष्ण बहादुर गुरुङले कारोना उपचारमा भएको अनियमितताले सरकार बदनाम भएको बताए । उनले कारोना संक्रमणबाट संक्रमितहरुको राज्यले निशुल्क उपचार गर्नुपर्ने माग गरे ।

देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेशका सचिव तेजविक्रम शाहीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतमको संचालनमा भएको कार्यक्रममा नेकपा (माले) लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त आचार्य, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य समीर केसी लगाएतले बोल्दै बैदेशिक हस्तक्षेपको विरोध गर्नुको विकल्प नरहेको बताए । कार्यक्रममा नेकपा( मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा( माओवादी केन्द्रि), राष्टिय जागरण मंच, राष्टिय जागरण परिषद, नेकपा मास्कवादी (पुष्पलाल)लगाएतका ९ दलले विरोध सभा गरेका हुन् । उनिहरुले सभा गर्नु पुर्व विरोध र्याली समेत प्रर्दशन गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया