नेकपा कालीगण्डकीका दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश ।

प्रकाशित मिति:

स्याङजा ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु सत्ता र आफ्नो लागि मात्रै झगडा गरिरहेको भन्दै कालीगण्डकी वडा नम्वर ५ को मोसोभन्ज्याङ र करेकुवाका ५० जना भन्दा धेरै कांग्रेसमा प्रवेश गरेकाहुन् । दुबै ठाँउमा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङजाका कार्यबाहक सभापति बुद्धी बहादुर राना कुमार र गण्डकी प्रदेश सभाका सांसद भागवत प्रकाश मल्लले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । मोसोभन्ज्याङमा बिष्णु बहादुर थापाको नेतृत्वमा २१ जना नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुले नेकपाले झुठो आश्वासन मात्रै दिने गरेको आरोप लगाए ।

कार्यक्रम भिम बहादुर थापाको सभापतित्व र मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको छ । यस्तै करेभन्ज्याङमा भएको कार्यक्रममा ३० भन्दा धेरै कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । स्थानीय माथवरसिंह थापाको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
करेभन्याङका केही कांग्रेस कार्यकर्ताले आफूहरुलाई जवरजस्ती नेकपा प्रवेश गराईएको गुुनाशो गरेकाछन् । आफूहरु कांग्रेस र लोकतन्त्र प्रति प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।

दुबै कार्यक्रममा कार्यबाहक सभापति राना, सांसद मल्ल सहित महासमिति सदस्य श्याम बश्याल,प्रजातान्त्रीक महासंघ स्याङजाका सभापति श्याम भण्डारी,स्थानीय समन्वय बिभागका केन्द्रीय सदस्य लालगोपाल अर्याल,कांग्रेस जिल्ला सदस्य पृथ्वी पोख्रेल,तरुणदल स्याङजाका सचिव चन्द्र राना,नेविसंघ क्षेत्रीय सभापति धनराज पौडेल, शालिकराम न्यौपाने,सीता डुम्रे,कृष्ण प्रसाद भट्टराई, प्रतिमा भट्टराई बश्याल, लक्ष्मण भुषाल लगायतको उपस्थिती रहेको थियो ।