रूपन्देहीको सियारीमा वडा स्तरीय सियारी कप क्रिकेट प्रतियोगिता सुरू,

८ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


सियारी, मंसिर ७। रूपन्देहीको सियारी गाउँपालिका वडा नं। ५ स्थित चिल्हिया खेलमैदानमा आईतबार देखि वडा स्तरीय सियारी कप क्रिकेट प्रतियोगिता सुरू भएको छ । सियारी गाउँपालिका वडा नं। ५को सहयोग र ध्रुवतारा शान्ति क्लबको आयोजनामा प्रतियोगिता सुरू भएको हो ।
हिजो कुरमार क्लब सियारी ३ र भेटघाट चारपाते क्लब सियारी ४ विच खेल भएको थियो । हिजो भएको खेलमा भेटघाट चारपाते क्लव सियारी ४ विजयी भएको छ । भेटघाट चारपाते क्लबले कुरमार क्लबलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सियारी ५ चिल्हिया स्थित खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेटघाट चारपाते क्लबले १६ ओभरमा ७ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । खेलमा सर्वाधिक ११० रन बनाएका सन्तोष तिर्पाठी आजको खेलमा म्यान अफ दि म्याच भए । भोलि राहिनोज क्लब सियारी १ र न्यु ध्रुवतारा क्लब सियारी ६ विच खेल हुने आयोजकले बताएको छ । विजेता हुने टिम प्रथमले रू। १५ हजार र द्वितियाले १० हजार पाउने छन् । प्रतियोगितामा गाउँपालिकाका १२ टिमको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया