सांसद मोहनप्रसाद पाण्डेयले लिए पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति:

काठमाडौं ८ मंसिर, । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेयले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेयलाई चयन गरेको हो । केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।