बुटवलमा अर्थमन्त्रि पौडेललाई कालो झण्डा

प्रकाशित मिति:

रुपन्देहीको बुटवलमा बुधवार नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीलेअर्थमन्त्रि विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् । सडकमा बाक्लो संख्यामा रहेका तरुण दल र नेबिसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भएपनि राजधानी सारेकामा कांग्रेसले विरोध गरेको जनाए ।
यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागि हुदैछन् ।