बुटवलको देवीनगरमा एनएमबी बैंकको १७६औं शाखा

१० मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १० मंसिर । बुटवलको देवीनगरमा एनएमबी बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । यो शाखा बैंकको १ सय ७६ औं हो । शाखा कार्यालयको बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख मोहन केसीले उद्घाटन गरेका छन् ।

बुटवलको वडा नंं ११ देवीनगरमा झण्डै ७५ हजार जनसंख्या रहेकाले बुटवलको तेस्रो र लुम्बिनी प्रदेशको २८ औं शाखाको रुपमा देवीनगर शाखा सञ्चालनमा ल्याइएको केसीले बताए । कोरोना महामारीका कारण बैंकले डिजिटल बैकिङ सेवालाई प्राथमिकता दिएको र घरमै बसेर अनलाइनमार्फत खाता खोल्न र कर्जा लिन सकिने सुविधा बैंकले दिएको देवीनगर शाखा प्रमुख त्रिभुवन भण्डारीले बताए । कोरोनाको असरलाई लक्षित गरी बैंकले साना तथा मझौला व्यवसाय कर्जा, रिटेल कर्जा,महिला उद्यमी र कृषि अनुदान कर्जा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया