सुनवलका नगर प्रमुख र उपप्रमुखलाइ कोरोना संक्रमण
११ मंसिर २०७७, बिहीबार ० बिचार / प्रतिक्रिया

प्रकाश न्यौपाने
नवलपरासी मंसिर १०। पश्चिम नवलपरासीमा रहेकोसुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्री (भरत) र उपप्रमुख दधिराम अर्याललाई कोरोना संक्रमण भएको छ । बुधवार प्रमुख र उपप्रमुख दुवै जनालाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना परिक्षणबाट पोजेटिभ देखिएपछि नगर प्रमुख थापा र उपप्रमुख अर्यालले सम्पुर्ण नगरबासी र शुभेच्छुकहरुलाई नआत्तिन सामाजिक संजालमार्फत
आग्रह गर्नुभएको छ । उहाहरु दुवैजना होम आइसोलेशनमा बस्नु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया