बुटवलको कोरोना अस्पतालमा ८५ वर्षीया महिलाको निधन

प्रकाशित मिति:

बुटवल स्थित कोरोना विशेष अस्पतालमा बिहीवार बिहान थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालीका ९ की ८५ वर्षीया महिला को बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएकोअस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टी भएकी उनलाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको थियो ।