कप्तान मल्ल सहित ३ क्रिकेटरलाई कोरोना

११ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना क्रिकेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार परीक्षणको रिपोर्टमा कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो। बन्द प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीमध्ये १८ जना खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया