क्यानाडाको “ह्युमनिटेरियन हिरो अवार्ड“ गौतमलाई

११ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


११ मंसिर, काठमाडौं । ह्युमनिटेरियनमिसन क्यानाडाले २०२० को ह्युमनिटेरियन हिरो अवार्डबाट युवा समाजसेवी राजेन्द्र गौतमलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबिचमिसनले शिक्षा, स्वास्थ र प्रकोप व्यवस्थापनको क्षेत्रमागौतमको भूमिकाअसाधारण रहेको कारण सम्मान गरेको जनाएको हो । गतमार्चमा तय गरिएको कार्यक्रमकोरोनामहामारीकाकारण रोकीएको थियो ।

गौतमले कदर पत्र र पाँचहजार क्यानाडियन डलर अर्थातझन्डै साँढे चार लाख रुपैया प्राप्त गरेका छन ।उक्त सम्मान स्वरुपप्राप्त सम्पूर्ण रकम समेत कर्णालीको एक स्वास्थचौकीको निम्तीएम्बुलेन्स सेवा सन्चालनगर्न दानगर्नेगौतमलेकार्यक्रमकाबिचघोषणागरेको मिसनले जनाएको छ ।
सत्र बर्षको उमेर देखी सामाजिकअभियानमा संघषशिल गौतमले नेपालका बिकट जिल्लाकाबालबालिकालाई शैक्षिक छात्रब्रिती प्रदान, बिभिन्न दैबीप्रकोपमा राहाततथा उद्दार एवम भुकम्पबाट क्षतीग्रास्तबिधालयपुनर्निर्माणमा अतुलनिय योगदान गरेका छन ।

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको पूर्व प्रमुख समेत रहेकागौतम आधादर्जन बढी राष्ट्रिय तथाअन्तराष्ट्रिय सम्मानप्राप्तब्यक्तित्वहुनभने नेपालका ग्रामीण इलाकाहरूमा सांप्रदायिकशान्ति, ग्रामीण विकास र स्थायीविकासमा योगदानपुर्यायको कदर स्वरुपपिस म्युजियमकोलोराडो अमेरिकाले २०१९ को पिस हिरोबाट समेतगौतमलाई सम्मान गरेको थियो । दिगो विकास लक्ष्य २०३० प्राप्तीकानिम्तीगौतमले हालै प्रोजेक्ट झोलाअभियान सन्चालन गरी रहेको र २०३० सम्ममा बिकट जिल्लाका १००,००० बालबालिकाको हातमाझोलापुर्याउने अभियानमा रहेको तथा नेपालका सात वटै प्रदेशमामोबाईल मेडिकल यूनिट सन्चालनकानिम्तीअभ्यास गरीरहेको मिसनले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया