इस्मामा जिप दुर्घटना हुंदा ५ जनाको मृत्यु

१२ मंसिर २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


शुक्रबार बिहान गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नं ४ दोहलीस्थिल हुलबाट सदरमुकाम तमघासका लागि छुटेको लु १ ज ११६६ नंको जीप बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा चार जना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ का ६५ वर्षीय डम्बर हितान, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी ३३ वर्षीय शिव दर्लामी रहेका छन् । यस्तै, मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको पनि मृत्यु भएको छ । जीपमा सवार इस्माका १९ वर्षीय फर्सुाराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र २५ वर्षीय कमल हितान घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जीप चालक बुद्ध बस्नेत प्रहरी नियन्त्रणमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया