धुर्काेटमा स्वास्थ्य विमा कार्यक्रमकाे औपचारिक समुद्घाटन

१५ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र भण्डारी, गुल्मी ।

धुर्काेट गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम तथा विमाकाे छुट्टै फार्मेसी सेवाकाे समुद्घाटन भएकाे छ । साेमबार धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्र धुर्काेट ६ गुल्मीमा धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले स्वास्थ्य विमा तथा छुट्टै फार्मेसीकाे समुद्घाटन गर्नुभएकाे हाे ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्धेश्य सहित सुरू भएकाे स्वास्थ्य विमाकाे लागि धुर्काेट गाउँपालिकामा यस अघि देखिनै प्रत्येक वडामा एक एक जना दर्ता सहयाेगीले विमा गरिरहनु भएकाे छ । कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि भुपाल पाेखरेलले विमा गरेवापत पाउने सुविधाकाे सुरूवात भइसकेको हुदा स्वास्थ्य विमा केहाे त्यसकाे बारे अाम जनतालाई अझै बुझाउन सकिरहेका छैनाैँ । पहिलाे चरणमा स्वास्थ्य विमाकाे महत्त्व के छ भन्ने कुरा बुझाउन अावश्यक छ भन्दै अध्यक्ष पाेखरेलले उपचारका लागि अब अाम जनता मर्नु पर्दैन थाेरै लगानीमा धेरै किसिमका सेवाहरूका लागि स्वास्थ्य विमा अावश्यक रहेकाे भन्दै सम्पूर्णले यसलाई प्रचार प्रसार गर्नु पर्नेमा जाेड दिनुभयाे ।

त्यस्तै उपाध्यक्ष शिव बहादुर खत्रीले अाफ्नै टाेलबाट स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि याे कार्यक्रम महत्त्वपूर्ण रहेको छ भन्दै स्वास्थ्य विमा कार्यक्रममा प्रत्येक नागरिकहरू सहभागी गराउनका लागि सबै क्षेत्रका व्यक्तिहरूलाई यसकाे ज्ञान हुनु अावश्यक रहेको बताउनुभयो । कार्यक्रममा धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठकले स्वास्थ्य विमाकाे उद्धेश्य तथा यसले अाम जनतामा पुर्याउने सेवाबारे प्रकाश पार्नुभएकाे थियाे ।

उद्घाटन कार्यक्रममा वडा नंं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर नेपाली, वडा नं. ३ का वडा अध्यक्ष विष्णु श्रीस, राष्ट्रिय जनमाेर्चाका भिमकान्त पन्थी, स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल तथा समाजसेवी, बुद्धिजीवी, लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे । अ.हे.व राधिका खबासकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर खत्रीकाे अध्यक्षता तथा सि.अ.हे.ब. बाबुराम कुवँरकाे सञ्चालनमा सम्पन्न भएको थियोे । साेमवार नै धुर्काेट गाउँपालिका ६ मा नेपाल कम्युनिस्ट पार्टीका सांसद तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले धुर्कोट गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया