‘प्रचण्डले लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’- महर
बुटवल, १६ मंसिर । स्थापित लोकतान्त्रिक मुल्य मान्यताको प्रचार प्रसार र प्रवद्र्धनको लागि स्थापना गरिएको स्कुल अफ डेमोक्रेसीको रुपन्देही जिल्ला शाखामा नेतृत्व चयन संगै पदस्थापना गरिएको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापति, पूर्व राज्यमन्त्री अब्दुल रज्जाक तथा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरको आतिथ्यतामा मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि कार्यसमितिलाई पदस्थापना गरिएको हो ।
स्कुल अफ डेमोक्रेसीको रुपन्देही जिल्ला अध्यक्षमा काँग्रेस नेतृ जमुना ढकाललाई चयन गरिएको छ । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा लोकनाथ अधिकारी, सचिवमा गोबिन्द बस्नेत, सहसचिवमा बाबुराम बस्नेत, कोषाध्यक्षमा बिशाल चौधरी र सदस्यहरुमा खगेशवर रिजाल, राजन उपाध्याय, निरन्जना पौडेल, करम खान, सौरभ घिमिरे, अर्जुन क्षेत्री, आदर्श गुरुङ्, बिक्रम पौडेल, तुसला भुसाल, जीवन बिक, पदम भण्डारी, राजु तिवारी, प्रतिक्षा टण्डन, सञ्जु चापागाई, सञ्जय चौधरी र प्रदिप यादव रहेका छन् ।
कार्यक्रममा उनीहरुलाई प्रमाणपत्र प्रदान गरि पदिय जिम्मेवारी प्रदान गरिएको हो । त्यस्तै स्कुल अफ डेमोक्रेसीको सल्लाहकारहरुमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, महासमिति सदस्य बालकुमारी भण्डारी र महिला संघ रुपन्देहीकी अध्यक्ष गंगा शाहीलाई चयन गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री रज्जाकले लामो संघर्ष र योगदानबाट स्थापित लोकतान्त्रिक मुल्य मान्यता कम्युनिष्ट सरकारका कारण खतरामा परेको बताउँदै लोकतान्त्रिक मुल्यमान्यता रक्षाको लागि स्कुल अफ डेमोक्रेसीले काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष महरले व्यक्ति व्यक्तिमा फरक फरक क्षमता हुने र उनीहरुको क्षमतालाई आपसमा शेयर गरेर सिकाई बिकास गर्नको लागि स्कुल अफ डेमोक्रेसी स्थापना गरिएको जानकारी गराउनु भयो । उहाँले स्कुल अफ डेमोक्रेसीले एड्भोकेसी र लिडरशिप समेत गर्ने जानकारी गराउनु भयो । नेता महरले नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप अव जनताको प्रश्न भएको बताउँदै जनताको प्रश्नलाई प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने बताउनु भयो ।
स्कुल अफ डेमोक्रेसी रुपन्देहीकी अध्यक्ष जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, महासमिति सदस्य बालकुमारी भण्डारी, स्कलु अफ डेमोक्रेसी पाल्पाका अध्यक्ष तथा नेपाली काँग्रेस पाल्पाका सचिव अजय कर्माचार्य, स्कुल अफ डेमोक्रेसी नवलपरासीका अध्यक्ष मोहन बिक, नेपाली काँग्रेस बुटवलका सभापति खेलराज पाण्डे, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनाल, दलिद संघ रुपन्देहीका सचिव रबि बिक, स्कुल अफ डेमोक्रेसी रुपन्देहीका उपाध्यक्ष लोकनाथ अधिकारी, सचिव गोबिन्द बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।