ट्रकको ठक्कर बाट एकको मृत्यु
१७ मंसिर २०७७, बुधबार ० बिचार / प्रतिक्रिया

मधुसूदन नेपाल ,बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चााैराहतर्फ जादै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशा तर्फ जांदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिदा एक जनाको ज्यान गएको हो ।
लुम्विनी प्रादेशिक अस्पतालको मुख्य प्रवेशद्धार अगाडी भएको उक्त दुर्घनामा बुटवल ८ बस्ने ४९ बर्षिय भरत शर्माको निधन भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले बताए । ट्रक र उक्त ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया