लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच अन्र्तकृया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल- लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मंगलबार सरावल २ मनरीमा सरोकावाला संग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । तिलकपुर महिला सहकारी सस्थाको आयोजना तथा सरावल गाउपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा सहकारीकी अध्यक्ष मिना चौधरीको अध्यक्षता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पछिल्लो समय महिला तथा बाल हिंसाा लगाएत लिंगका आधारमा गरिने हिसांहरु बृद्धि हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै सबैजना म हिंसा गर्दिन, म हिसां सहन्न भन्ने भावनाका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा सरावल गाउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी समयोजक उत्तमा राय, सरावल गाउपालिकाका प्रमुख प्रशसकिय अधिकृत बुद्ध प्रकाश पौडेल, अतिथिहरु सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे, वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष विजय गुप्ता, वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष राधा चौधरी लगाएत वक्ताहरुले क्ुनै पनि हिंसा अन्त्यका लागी आफु बाटै सुरु गर्नुपर्ने र ब्यक्ति, समाजले सो कुरा लागु गरे हिंसा अन्त्य हुने कुरामाथि जोड दिएका थिए ।

सो अवसरमा स्थानिय महिला, सरोकारवाला सस्थाका प्रतिनिधि, किशोर किशोरी लागएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन साइदा निशा पठानले गर्नुभएको थियो ।