राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने

१७ मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली!मंसिर १७, सिसहनिया- राप्ती गाउँपालिकामा अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । श्री कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको र  कृषि ज्ञान केद्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्रि वितरण गर्न छनौट गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिनु भएको छ ।

अनुदानको रासायनिक मल विक्रि वितरणको लागी इच्छुक स्मृती कृषि सहकारी संस्था लालमटिया, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्था मौरीघाट, देउकी कृषि सहकारी संस्था पहरुवा, सिसहनिया साना किसान कृषि सहकारी संस्था सिसहनियाँ, छिमेकी कृषि सहकारी संस्था, नबप्रतिभा कृषि सहकारी संस्था, जय गुरु बाबा कृषि सहकारी संस्था र सिसहनिया कृषि सहकारी संस्था छनौटमा परेको कृषि प्राविधिक सहायक सीमा भट्टले बताउनु भएको छ ।

राप्ती गाउँपालिका भित्र रहेका सहकारीहरु छनौट गरी अनुदानको रासायनिक मल विक्रि वितरणको लागी कार्यक्षेत्र समेत तोकिएको छ । जसमा इच्छुक स्मृती कृषि सहकारी संस्थाले वडा नं. १, २ को पुरै र ३ नं वडाको मसुरिया बड्का गल्लीबाट पुर्वि भाग तथा ९ नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपंक्षी विकास सहकारी संस्थाले वडा नं. ४ को पुरै, ३ नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग र ९ नं वडाको देविकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक बरसाती गडरियाले बताउनु भएको छ ।अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिए बमोजिममा काम गर्न कृषि नायव प्राविधिक सहायक निर्मला गिरीका अनुसार सेवाग्राहिको सुविधाको लागि देउकी कृषि सहकारी संस्थाले वडा नं. ५ को पहरुवा, भुल्के, चित्रिकोट र करङ्गे साथै ६ नं. वडाको पथ्थरगढवा समेत, सिसहनिया साना किसान कृषि सहकारी संस्थाले वडा नं. ५ को कालापानी, कमलरोड र वजार क्षेत्र, छिमेकी कृषि सहकारी संस्थाले वडा नं. ५ को सिङ्गे, लठहवा र थकरीकोट क्षेत्र, नबप्रतिभा कृषि सहकारी संस्थाले वडा नं. ६ को पथ्थरगढवा वाहेक पुरै र ७ नं वडाको जगपुर क्षेत्र, जय गुरु बाबा कृषि सहकारी संस्थाले वडा नं. ७ को जगपुर बाहेक पुरै क्षेत्र र  सिसहनिया कृषि सहकारी संस्थाले वडा नं. ८ को पुरै क्षेत्रमा मल विक्रि वितरण गर्ने बताउनु भएको छ ।

नेपाल सरकारद्धारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती गाउँपालिका भित्रका कृषकहरुलाई कार्यालयबाट छनौट भएका सहकारीहरुको विक्री मुल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मुल्यमा लोड अनलोड वापत प्रति बोरा ५०के.जि. को रु १४ र ढुवानी खर्च र व्यवस्थापन खर्च वापत प्रति बोरा ५० के.जी. को रु ५० र गरी प्रति बोरा एकमुस्ठ रु .६४ मात्र थप गरि विक्रि मुल्य निर्धारण गर्नु गर्ने बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया