रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल

प्रकाशित मिति:
गजल,  लेखक पूर्ण भण्डारी पवित्रदिप
रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ।
आफैँ अनिदो बनाइ ननिदाउने भन्छिउ।।
धुलो पर्दाखेरी त बाघ आएझैँ गर्नेले ।
आँखैमा राखेपनि नबिझाउने भन्छिउ।।
कालेहरू दिलवाले हुन्छन् भनी भनी।
इज्जत गर्छु,सम्मान् गर्छु नगिज्याउने भन्छिउ।।
विश्वास छैन रत्तिभरी, शङ्का जत्तिपनि।
हाँसी राख,खुशी बस नझिंज्याउने भन्छिउ।।
हाम्रो माया एक् कान्, दुई कान् मैदान् पुग्छ भन्दा।
गोप्य राखौं, समाजमा नफिंजाउने भन्छिउ।।
यस्तो लाग्छ नि; विहेमा निम्तो गरि मलाई।
रित्तै  आको सिन्दुर्, पोते नलिइ आउने भन्छिउ।।