आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक बिकास मञ्च सामी परियोजना को संयुक्त बैठक सुनवल मा सम्पन्न,

१८ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक बिकास मञ्च सामी परियोजना को संयुक्त बैठक सुनवल मा सम्पन्न,रामु भुसाल- आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक बिकास मञ्च सामी परियोजना को संयुक्त बैठक सुनवल मा सम्पन्न भएको छ ।

आप्रवासी परिवार हकहित मञ्च का जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षता , ईन्द्रेणी समाजिक बिकास मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीको प्रमुख अतिथ्यता एवं सामी परियोजना कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीको बिशेष आतिथ्यतामा सम्पन्न बैठकले आउदै गरेको बिश्व आप्रावासन दिवस १८ डिसेम्बर २०२० लाई लक्षित गरी सप्ताहाव्यापी गतिविधिहरु सञ्चालन गर्ने निर्णय गर्दै कार्यक्रम अन्तर्गत मञ्चका पदाधिकारी हरुलाई क्षमता अभिवृद्धि ,बैदेशिक रोजगार को क्रममा मृत्यु भएका मृतकको सम्झनामा जिल्ला का सबै स्थानिय तहमा दिप प्रजवलन गर्ने , कोभिड १९ का कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाव भएको हुदा रक्तदान कार्यक्रमको आयोजना गर्ने जिल्लाका सरोकारवालाहरु संग बैदेशिक रोजगार को समस्या र चुनौतकिो बिषयमा छलफल तथा अन्तरक्रिया गर्ने सन्देशमुलक सुचना प्रवाह गर्दै जनचेतनामुलक र्याली गर्नै ।

बैदेशिक रोजगारका कारण समस्यामा परी पठनपाठनमा समस्या भएका बालबालिकालाई न्यानो कपडाका साथै  शैक्षिक सामाग्री बितरण गर्ने निर्णय गर्दै जिल्लाका सरोकार वाला संग समन्व्य गर्दै दिवस मनाउने निर्णय भएको आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी का सचिव रामु भुषालले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया