प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा : नेकपा सचिवालय बैठक

प्रकाशित मिति:

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि पुगेका छन् ।बुधवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष ९खुमलटार र बालुवाटार० शनिवार बिहान आन्तरिक छलफलमा जुटेका थिए ।