स्याङ्जाको बिरुवामा नेकपाको पहिरो, कांग्रेसमा आउनेको ओइरो

२० मंसिर २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / स्याङ्जा – नेपाली काँग्रेस वडा कार्यसमिति,बिरुवा गाउँपालिका वडा नं.-५,किचनासकाे आयाेजनामा आज ज्येष्ठ नागरिक सम्मान तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएकाे छ। वडाभरीका ७५ बर्ष कटिसक्नुभएका ६५ जना ज्येष्ठ नागरिक हरूलाई सम्मान समेत गरिएकाे उक्त कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले ओली सरकार जनताका समस्याहरूलाई लथालिङ्ग छाेडेर भ्रष्टाचार र आन्तरिक द्वन्द्वकाे भुमरीमा फँसेकाे बताउनुभयाे।कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका माननीय सांसद भागवतप्रकाश मल्लले नेपाली काँग्रेस अग्रजहरूकाे सम्मान गर्ने पार्टी भएकाे भन्दै देशले फेरीपनि काँग्रेसकाे नेतृत्व खाेजेकाे र अग्रजहरूकाे आशिर्वादले मात्र याे सम्भव हुने बताउनु भयाे।

कार्यक्रममा भीरकाेट नगरपालिकाका उपप्रमुख सीमा के.सी.कर्माचार्य,काँग्रेस स्याङ्जाका जिल्ला सदस्य पृथ्वीप्रसाद पाेखरेल, काँग्रेस बिरुवा गाउँपालिकाका सभापति युवराज के.सी ,तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के.सी.,नेबिसंघ स्याङ्जा-१का सभापति बिज्ञान भण्डारी,ओमनाथ शर्मा लगायतले बाेल्नुभएकाे थियाे। बिरुवा वडा नं.-५,का सभापति नवराज वाग्लेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाका उपसभापति युवराज पाेख्रेलकाे स्वागत मन्तब्य र सुशील वाग्लेकाे सञ्चालन रहेकाे थियाे। कार्यक्रममा नेकपा लगायत अन्य पार्टी परित्याग गरि २५ जना युवाहरू नेपाली काँग्रेसमा प्रवेश गर्नुभएकाे थियाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया