बैदेशिक रोजगार सङ्ग सम्बन्धित युवाहरुको लागि गहन अभिमुखिकरण कार्यक्रम प्रतापपुर १ सेमरीमा सम्पन्न,

२१ मंसिर २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल-“सके सम्म स्वदेशमानै रोजगारी गरौ , यदि बैदेशिक रोजगारीमा जाने भए सहि सुचना र सिप सिकेर मात्र जाउ“ भन्ने मुलनारा का साथ नेपाल सरकार र स्विस सरकार बिच भएको दुईपक्षिए सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा इन्द्रेणी सामाजिक बिकास मंच बर्दघाट ९ पन्चनगर द्वारा संचालित सुरक्षित आप्रवासन परियोजना  सामीको आयोजना र प्रतापपुर गाउपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्चको सहकार्यमा बैदेशिक रोजगार सङ्ग सम्बन्धित युवाहरुको लागि गहन अभिमुखिकरण कार्यक्रम प्रतापपुर १ सेमरीमा सम्पन्न भएको छ ।

प्रतापपुर वार्ड नंं १ का कार्यवाहक वार्ड अध्यक्ष दुधनाथ चौधरी को अध्यक्षता मा सम्पन्न कार्यक्रममा बेदेशिक रोजगारीका लागी जान तयार रहेका युवा एवं बैदेशिक रोजगार बाट फर्केका र बेदेशिक रोजगारीमा रहेका घर परिवार लाई बैदेशिक रोजगारीमा जानुपुर्व गर्ने तयारी र बैदेशिक रोजगारका क्रम मा आइपर्ने समस्या र त्यसको निराकरण ,बिदेश जानु अघि र गएपछि अपनाउनु पर्ने सावधानी र नेपाल सरकारले प्रदान गर्ने निःशुल्क सिप, तालिम र कानुनि परामर्शका साथै मनोपरामर्स र बित्तिय साक्षरता का बारेमा जानकारी गराईएको थियो ।

परियोजना अन्र्तगत प्रतापपुर मा कार्यरत आर।भि निरञ्जन चौधरी, राजकुमार चौधरी लगायत वार्ड नं। १ का लक्षित समुहका २५ जना सहभागी रहेको कार्यक्रमको सहजिकरण परियोजनाको आप्रवासन श्रोत उपकेन्द्र सेमरीकी परामर्श कर्ता एकता न्यौपाने, मनोपरामर्श सहजकर्ता शुभान अली पठान र रिटर्नी भोलेन्टियर रामु भुसाल ले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया