सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो – ओली

२१ मंसिर २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बसेको स्थायी कमिटी बैठकमा पत्र पठाउँदै सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो जीवन आदर्श रहेको बताएका छन् ।आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्थायी कमिटी बैठकमा ओलीले पत्र पठाएका थिए ।

ओलीको पत्र पढेर सुनाउँदै उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने ओलीको जीवन आदर्श रहेको बताए । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु,ओलीले पठाएको पत्रमा उल्लेख छ ।

ओलीले पठाएको पत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले गत कात्तिक २५ गते ओलीमाथि दर्जन बढी आरोपसहित सचिवालयमा पेश गरेको दस्तावेज फिर्ता लिनुपर्ने माग गरिएको छ ।प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिएसम्म आफू बैठकमा उपस्थित नहुने ओलीले पत्रमार्फत जानकारी गराएका छन् । आज बसेको बैठकमा ओलीबाहेक सबै सचिवालय सदस्य उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया