सुपादेउराली मन्दिरको भिरबाट खसेर एकजनाको मृत्यु

२२ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


अर्घाखाँचीको- प्रसिद्ध सुपादेउराली नजिकै भिरवाट खसेर १ जनाको मृत्यु भएको छ अर्घाखाँचीकै पाणिनी गाउपालिका ७ १९ बर्षिय अनिल आचार्य सुन्तला बेच्ने क्रममा भिर बाट खस्दा ज्यान गएको इप्रका ठाडाका प्रहरी निरिक्षक बाबूराम बस्नेतले जानकारी दिनु भयो ।

मन्दिर नखुले पनि आन्तरिक प्रयटकहरु बढे सँगै सुपा देउरालीमा व्यापार बढ्न थाले सँगै आचार्य समेत सुन्तला बिक्री गर्न सुपा देउराली आउने गरेका थिए ।

भिरबाट झन्डै ३०० मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको प्रहरिले जनाएको छ उनको शव पोस्ट्माटमको लागि सन्धिखर्क जिल्ला हस्पिटल पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया