सृष्टि सामुदायिक वन उपपभोक्ताा समुह सरावल–१, सालबासको नव निर्मित भवनको एक कार्यक्रमका बिच समुद्घाटन,

२२ मंसिर २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल-पश्चिम नवलपरासीकोे सृष्टि सामुदायिक वन उपपभोक्ता समुह सरावल १ सालबास भगडाको नव निर्मित भवनको सोमबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । सृष्टि सामुदायिक वनका अध्यक्ष सिरी बहादुर साहीको अध्यक्षता, डिभिजन वन कार्यलय पश्चिम नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले अहिले सामुदायिक वनहरुले जोगाई राखेको वनमा सरकारले कुदृष्टि लगाउनु दुर भाग्य पुर्ण भएको हुदा सरकारले गरेको बन पैदावार निकासी र पैठारीमा लगाएको रोकको निर्णय फिर्ता लिनु पर्ने बताउदै यस सामुदायिक वनले आफ्नो नव निर्मित भवन निर्माण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा यस सामुदायिक वनले वन संरक्षणमा अझ बढि ध्यान दिने बिश्वास ब्यक्त गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि चौधरीले जल , जंगल र जमिन मा सबै प्राणी को समान अधिकार भएको हुदा यसलाई बचाई राख्न मानव जगतको ठुलो योग्दान रहेको बताउदै वन जंगल पछिल्लो समय विनास हुदै गएको प्रती चिन्ता ब्यत्तल गर्नुभयो । वन जंगल जोगाउन सके भावी पुस्तालाई समेत राम्रो हुने र अल्पबृष्टि भुक्षय र बाििढ पहिरो र असन्तुलित मौसम फरिवर्तन जस्ता दैविक प्रकोपहरु न्युनिकरण हुने बताउनु भयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ताा महासंघ का लुम्बिनि फ्रदेश सचिवालय सदस्य नारायण पाण्डेय, सरावल बर्दघाट सव डिभिजन वन कार्यालयका फ्रमुख जय प्रकाश गुप्ता, लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नू भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया