सर्वदलीय बैठक जारी

२३ मंसिर २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ ।

प्राप्त जानकारी अनुसार बैठकमा उपस्थित भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केहिबेर बैठकमा बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथको उचाई सार्वजनिक गर्नुपूर्व आज बोलाइएको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले ‘कोभिड – १९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।

बालुवाटारमा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को सहभागिता रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न