बढ्यो सगरमाथाको उचाइ

प्रकाशित मिति:

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । आज९मङ्गलवार० एक समारोहका बीच नेपाल सरकारले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।

यसअघि ८८४८ मिटर रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८।८६ मि पुगेको छ ।

आर्थिक वर्ष ०७५र७६ देखि शुरु गरिएको सगरमाथाको उचाइ मापन प्रक्रिया हालै सम्पन्न भएर मन्त्रीपरिषद्को बैठकले सार्वजनिक गर्ने अनुमति दिएपश्चात् घोषणा गरिएको हो । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओेलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए ।

यसपालि नेपाल सरकारले इतिहासमै पहिलोपटक आफ्नै लागत र जनशक्तिसमेत खर्चेर सगरमाथाको उचाइ मापन गरेको हो । यसअघि अन्य देशहरुले उचाइ नाप्दै आएका थिए ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप नेपाल र चीन दुवै पक्षका सरकारी टोलीहरुको संयोजकत्वमा उचाइ नापिएको छ । दुवै देशले एकै समयमा नयाँ उचाइ घोषणा समेत गरेका छन् ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मासगरमाथाको उचाइ ८, ८४८ मिटर मापन गरेको थियो जुन हालसम्म कायमै थियो । अब सगरमाथाको वास्तविक उचाइ ८८४८।८६ मि कायम भएको छ ।