बुटवल देविनगरमा मोटरसाइकल ठक्करबाट १३ बर्षिय बालिका घाइते

२३ मंसिर २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


मधुसूदन नेपाल- बुटवलको देवीनगरमा मोटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिदा एक जना घाइते भएका छन् । लु ३८ प ४५४१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी १३ बर्षीया बालिका एन्जल रानालाइ देबीनगरकै सबिन श्रेष्ठले चलाएको मोटरसाइकलले देवीनगर चाैपारी अगाडी ठक्कर दिएको हो ।

घाइते रानाको लुम्बिनी प्रादेशीक बुटवलमा उपचार भैरहेको छ । रानानको टाउको र मुखमा गहिरो चोट लागेको छ । दिउसो साढे १ बजे दुर्घटना भएको अस्थायी प्रहरी चौकी देबीनगरका प्रहरी नायब निरिक्षक भरत थापाले जानकारी दिए । ठक्कर दिने चालक र मोटरसाइलाई प्रहरी नियन्त्रणमा लिएकोो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया