स्वयंमसेवक संघको प्रदेश अध्यक्षमा पोखरेल

२४ मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल – नेपाल स्वयंमसेवक संघ विस्तारको क्रममा संघको लुम्बिनी प्रदेश कमिटि गठन भएको छ । देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको बुटवलका युवा ब्यवसायी शिबराज पोख्रेलको नेतृत्वमा लुम्बिनी प्रदेशको कार्यसमिती चयन भएको हो । संघको उपाध्यक्षमा सीता अर्याल(रूपन्देही), सुमन पछाई,(पाल्पा), महासचिवमा युवराज अर्याल (गुल्मी), सचिवमा नारायण आचार्य (रूपन्देही), कोषाध्यक्षमा पदम रेग्मी, (कपिलवस्तु), सह कोषाध्यक्षम सोनि घिमिरे, (रूपन्देही) चयन भएका छन ।

यस्तै प्रवक्तामा नारायण सेन(रूपन्देही) ,सदस्यहरूमा नवीन ओलि, (रोल्पा), पार्वता पौडेल, (अर्घाखाँची), बिष्णु खनाल, (प्युठान), सुर्यनारायण वटाला क्षेत्री (दाङ), रबिन ढकाल(बाके),दिपेन्द्र कठायत, (बाके), बिष्णु सुवेदि, (परासि), सुनम बिसि, (बर्दिया) र बिक्रम परियार (पुर्वि रूकुम) चयन भएका छन।

सङ्ख्याको कानुनि सल्लाहकारमा अधिवक्ता कृष्णप्रसाद पोख्रेल र प्रेस सल्लाहकारमा सवलपोस्ट अनलाइनका प्रधान सम्पादक अमृत पाण्डे ,बिक्रम खड्का र आचार्य प्रदिपलाई चएन गरिएको छ । स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन राेक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार, बलत्कार, देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य कार्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया