कोरोना संक्रमणबाट बुटवलमा एक पुरूषको मृत्यु

२४ मंसिर २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया

file

बुटवल – रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार अर्घाखाँचीको धारापानी–४ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको हो ।ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनको मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया