जन्मदिनको शुभकामना आमा

२५ मंसिर २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


अनिशा अधिकारी  – छटपटि, बेचैनि, शारिरीक अस्वस्थता र दुखेको मन अनि भिजेका आँखा लिएर निदाउन नसकेको, पेटमा अन्न पार्न नसकेको अनि गलेको शरिरलाइ विस्तारा बाट उठाउन नसकेर टुक्रिएको मुटुले हरेक पल आमालाइ नै सम्झिन थालेको धेरै दिन भैसकेछ ।

दिनचार्य कसरि बित्दै छ भनु, रात कति बेला पर्छ उज्यालो कति बेला हुन्छ पत्तो पाउन छाडिसकेछु । आज पनि दिन ढलेर रात परेछ, लोलाएका आँखाले उसैगरि विस्ताराको नजिक भएको मोवाइल तानेर घडि हेरे रातको १० बज्न आटेको रहेछ । हातमा मोवाइल समाएपछि Social media check गर्ने त बानि नै परेको सबैतिर जाँचे कहि कतै केहि नयाँ सन्देश थिएन । उसैगरि mobile off गरे अनि मोवाइल आफ्नै ठाँउमा थन्काएर विस्तारामै ढले । यसो सोचे आज त मंसिर १८ भोलि त मलाइ जन्म दिने मेरी मम्मिको जन्मदिन पो सधै जसो भोलि विहान उठेर जन्मदिनको शुभकामना दिन्छु भन्ने योजना बुनेर निदाउने कोशिस गर्दा पनि आँखामा निद्रा पटक्कै परेको थिएन । सानै देखिनै आफ्ना आफन्त, इष्टमित्र, साथिभाइ सबैको कहिले जन्मिनु भएको भनेर सोध्ने अनि त्यहि मितिलाइ क्यालेण्डरका पाना पल्टाएर कैद गर्ने स्वभाव जो थियो, त्यहि कुरा मम्मिको लागि पनि लागु भएको थियो ।

तर यसपालि साथमा एउटा मात्र क्यालेण्डर भएकोले त्यो केरकार फोहोर नगर्ने उद्देश्यले याद भएजति सबैको दिमागमै थियो क्यालेण्डरको कुनै पनि पाना कोरिएको थिएन । कोल्टे फेर्दा फेर्दै आँखा लागेछन क्यारे निदाएछु भन्नु पर्‍यो दास्रो पल्ट मोवाइल खोलेर हेर्दा विहानको ४ वजेको थियो । त्यति सबेरै मम्मिलाइ फोन गर्न उचित लागेन यत्रतत्र चलिरहेको समयको मुल्याङकन गर्दा गर्दै बल्ल तल्ल घडिले ६ बजाइदियो । मम्मि सँग फोनमा नबोलेको पनि ८/१० दिन भैसकेको थियो, भित्रैदेखि लामो सास तानेर मम्मिलाइ फोन गर्ने आँट निकालेर फोन लगाए, २/३ घण्टिमा फोन उठाएर उताबाट हेलो भनि सक्दा मुटु भुक्क फुलिसकेको थियो । त्यहि पनि मम्मिलाइ wish गर्नै पर्ने थियो आफुलाइ control गर्दै सन्चै हुनुहुन्छ पनि नभनि Happy birthday to you आमा भनिसक्दा ए आज मेरो जन्मदिनपो म त कति हुस्सु भएछु आफु जन्मिएको दिन पनि याद भएन अब मैले के भन्नू पर्छ रे अब भनेर मम्मिले मलाई प्रश्न गर्नुभयो, अनि मैले जस्तै कसैले english मा happy birthday to you भन्यो भने thank you भनिदिनु होला, फेरि नेपालीमा कसैले जन्मदिनको शुभकामना भनेछ भने धन्यवाद भनिदिनुहोला भन्दै खुब जान्ने रैछु जस्तो गरेर सिकाए । अन शुरुभयो प्रश्नको ओइरो एकै चोटी, नफोन गर्नी न त गरेको उठाउनी हैन के भयो कहाँ हराएउ यस्तै यस्तै, सबै सुनेर नि नसुने झैँ गर्न मन लाग्यो किनकी उत्तर दिने म संग शब्द थिएन । कुराको प्रसङ्गलाई मोडेर चिच्याएर ग्वाँ ग्वाँ रुन मन लागि रहेको थियो ।

अनि रुञ्चे स्वरमै मम्मी हजुरबोलेको खासै आवाज आएको छैन, म बोलेको सुन्नु भएको छ भने एउटा कुरा भन्छु मान्नु है भने मम्मिले हुन्छ भन न भन्न पनि नपाउदै, मम्मी आफुलाइ जन्मदिने बाबा आमालाइ रुवाउनेलाइ त कहिल्यै खुसी मिल्दैन रे नि हैरुरु हेर्नू न म कति स्वार्थी आफ्नो खुसीको लागि आफू खुशी हुन्छु भनेर हजुरहरुलाइ कति रुवाए । आफ्नो खुशी सोच्दा हजुरको आत्म रोएको देख्दै देखिन, हजुरको आशु देखिन मम्मी म कति निष्ठुरी भएछु ,सायद त्यो बेला मैले हजुरलाइ नरुवाएको भए म आज रुनु पर्ने थिएन । सायद त्यो बेला मैले हजुरलाइ नरुवाएको भए म आज रुनु पर्ने थिएन ।

त्यही सजाय दिनु भयो क्याहो भगवानले मलाई अब म कहिले खुसी हुन पाउदिन होला।। एकै सासमा सबै भनेर सकाएछु । बिचारा कुनचाहिं आमाले सोच्छिन होला र आफ्ना सन्तानले दुख पाए हुन्थ्यो दुखी भए हुन्थ्यो भन्ने हो तेसरी नै बोल्नु भयो, लौ कसले के भन्यो म कसैसँग रोएकी छैन कसले के भन्यो फेरि तिमिलाइ रु त्यस्तो कुरा मन मा लिएर तभलकष्यल गरेर हुन्छ र अब रोएकी भए उति बेलै रोएहोला । अहिले त रोएकी छैन । तिमीहरुलाई खुसी सुखी देख्न पाए हामिलाई पनि त सन्तोक मिल्छ नि बल्ल, बितेका कुरा येस्तो गरे तेस्तो गरे भनेर तेहि सम्झेर बसेर भयो र अब रु आफ्नो खुशीको लागि हजुरहरुलाई रुवाएते भनेपछी त म खुशी छु भन्ने हो क्यारे दुखी भए रुन परो भनेउ भने त हामिलाइ पिर हुन्छ नि ।

जे हुनु थियो भैसको अब त्यस्तो सम्झेर रोएर मन दुखाएर मैले रुवाएकी थिए त्यसैले रुन परो भन्नी रुनि ज्यान सुकाउनी गरेर त भएन । आफू असल बाटोमा हिड्ने हो, खुसी हुन त किन नपाइउस पाइन्छ, तिमिले खुट्टा नछोड्दिए फलानाकी छोरिले यस्तो गरि अरे भन्नी नपारे हामी त्यसैमा खुशी हुन्छौं । उफ कति राम्रो जवाफ, बोल्ने केही ठाउँ पाइन । दुख त पाएकी छैन तर खुशी हुन मन छ मम्मी त्यसैले भनेकी हुँ । हजुर दुखी हुनु भयो रुनु भयो भने मलाई हजुरको आशुले पोल्छ म खुशी हुन पाउदिन मेरो गल्ती सम्झिएर रुनु भएको भएनी अब नरोइदिनु है मेरो चिन्ता कत्ती पनि नलिनु हजुरलाई बुझ्न नसकेको हजुर लाई रुवाएको मेरो गल्ती लाई माफ गरिदिनु मेरि मम्मी म त्यसैमा खुसी हुने छु ल अब काम गर्नु दिउँसो फोन गर्छु भन्दै फोन राखिदिए । अनि आँखा बन्द गरेर सोचे हिज आफ्नो खुशिको लागि उहाँहरुलाई रुवाएकी थिए मैले अन्जानमा तर आज जानी जानी आफ्नो स्वार्थ पूरा गरेर आफ्नो खुसीको लागि मलाई प्रयोग गरेर मेरा सारा खुशीहरु लुटेर छिनभरमै मलाई तहसनहस पर्ने अनि एउटा राम्रो खेल रचेर मेरो खुसिमा मेरि आमा खुसी हुन सक्नु भएन भनी मलाई रुवाउने हरुपनी त पक्कै एक दिन रुनु पर्ला ।

बुवा आमा को खुशीमा खुसी नहुने हैन हुनु पर्छ उहाँहरुले नै आफ्ना खुसी मरेर हामिलाइ खुसी पर्न धेरै दुख गर्नु भयो तर यो कुरा दोस्रो ब्यक्तिको जिन्दगीलाई खेलाउना बनाउन भन्दा पहिले उसको भावना संग खेल्नु भन्दा पहिले उसको बाटो मोड्दिनु भन्दा पहिले नै सोच्नु पर्छ । पृथ्वी गोलो छ पालो सबैको आउँछ, अहिले मेरो दिन नराम्रो चल्दै छ तर भोलि अवश्य ठिक हुनेछ । हो यहि झुटो आश गर्दा गर्दै सकिने हो जिन्दगी । आमा

फेसबुकबाट तपाईको प्रतिक्रिया