महामारीले दिएको ‘अविस्मरणीय’ पीडा

यसलाई हामीले सहज मान्नु बाहेकको विकल्प पनि थिएन । तर संक्रमित भएकै कारण २७ दिनसम्म म र मेरो परिवारका अन्य सदस्यले भोगेको पीडा शत्रुले पनि भोग्न नपरोस् ।

प्रकाशित मिति:

-अमृत पाण्डेय

 

चिकित्सकसँग सल्लाह गरेर औषधि सेवन गर्ने र अक्सिजनको मात्रा नापिरहेका थियौं । लक्षण भएपनि श्वासप्रश्वासमा समस्या नहुँदासम्म अस्पताल जानु पर्दैन भन्ने सुझाव चिकित्सकको थियो ।

०७६ चैत देखि सुरु भएको कोरोना महामारीको हल्ला र साँच्चै नै नेपालमा यसले मानिसमा पार्न थालेको असरका समाचार हरेक बिहानै कानमा पर्दा त्यस्ता समाचार अझ कतिञ्जेल सुन्नुपर्ने हो भन्ने सोँचेरै चिन्ता लाग्थ्यो । यो अवधिमा कोरोनाबाट बँच्नका लागि सबै स्वास्थ्य सावधानी अपनाइएकै थियो ।

देश लकडाउनमा छँदा घरभित्रै बसेर यसको सामना गरिराखेको थिएँ भने बन्दाबन्दी खुकुलो भएपछि दैनिक कामकाज गर्नु नै थियो । सो क्रम चलिरहँंदा ०७७ कात्तिक २७ गते दिउँसो देखि जिउ दुख्न थाल्यो । आफैलाई शरिर गलेजस्तो भयो । दिउँसो भेट भएका साथीभाईलाई मेरो अवस्था बताएँ । तर कोरोना हो या होइन भन्नेबारे अन्जान रहेँ । घर पुग्दा हनहनी ज्वरो आउन थालेको थियो । औषधि सेवन गरी आराम गरेँ । २८ गते बिहान ज्वरो केही कम भयो । मुखले स्वाद पाइरहेको थियो ।

दिउँसो कामकाजमै निस्किएँ । औषधिको भरमा ज्वरो निको जस्तो महशुस भएको थियो । साँझ फेरि उही हनहन ज्वरो आउने क्रम सुरु भयो । शरिर पुरै दुख्न थाल्यो । कोरोना पनि हुनसक्छ भन्ने शंकाले परिवारका अन्य सदस्यभन्दा अलग्गै सुत्न थालेँ । सो साँझ सञ्जु (श्रीमती) र छोरालाई समेत ज्वरो आयो । उनीहरु समेत औषधिको भरमा सुते । हामीलाई अर्को दिन समेत उही समस्याले सतायो । शंका बढेपछि सञ्जु र मैले जाँच गरायौँ ।

हाम्रो नतिजा नआउँदै छोरा मामाघर गएका थिए । साँझ हाम्रो नतिजा पोजेटिभ आयो । अकस्मात एक किसिमको तनाव मनमा उत्पन्न भयो । कोरोना सजिलै जित्न सकिने हो कि यसले समस्या पार्ला भन्ने सोंचेर मनमा कौतुहलता र तनाव दुवै थियो । विस्तारै कोरोनाले गाल्न थाल्यो । ज्वरो हनहनी आउने, जिउ दुख्ने क्रम नै रोकिएन । बाबु र ससुरा बुवालाई जाँच गर्न पठायौं । दुवैजनालाई पोजेटिभ देखियो । कोठामै आइसोलेसन सुविधा रहेकाले कोठामा बस्न थाल्यौं । आमा, बुवा र बहिनीले हाम्रो स्वास्थ्य सुधारमा धेरै नै ध्यान दिन थाल्नुभयो ।

जब बुवामा पनि संक्रमण देखियो

बुवा फोनमा राम्रो गरी बोल्नुहुन्थ्यो । हामी बाहिर रहेर हेरिरहेका छौं भनी ढाडस दिन्थ्यौं । यसरी ५ दिन बित्यो । रेम्डिसिभिर र प्लाज्मा डोज पुरा भयो । तर बुवाको अक्सिजन लिन सक्ने क्षमता कम हुंँदै गयो । हामी आत्तियौं । काठमाण्डौ लैजाने तयारी थाल्यौं । राजधानीका दुई अस्पतालमा कुरा भयो । तर अक्सिजन लेभल कम भएका कारण हेलिकप्टरमा समेत उडाउन नमिल्ने अवस्था आयो ।

यसैबीच घरमा बुवालाई समेत शारिरिक समस्या देखिन थाल्यो । उहाँको समेत परिक्षण गरायौं । कोरोना पोजेटिभ नै देखियो । त्यसपछि उहाँ आफ्नो कोठामा आइसोलेसनमा बस्न थाल्नुभयो । चिकित्सकसँग सल्लाह गरेर औषधि सेवन गर्ने र अक्सिजनको मात्रा नापिरहेका थियौं । लक्षण भएपनि श्वासप्रश्वासमा समस्या नहुँदासम्म अस्पताल जानु पर्दैन भन्ने सुझाव चिकित्सकको थियो ।

होम आइसोलेसनमै अक्सिजनको मात्रा नाप्ने, तातो खानेकुरा खाने, वाफ लिने काम भइरहेको थियो । हाम्रो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो । तर बुवा चौथो दिनमा केही बढी आत्तिनुभयो । एम्बुलेन्स बोलाएर अस्पताल लग्यौँ । हामी श्रीमान श्रीमती नै संक्रमित । बुवालाई अस्पताल लैजाने अरु कोही भएन । हामी आफै गयौं ।
पहिलो रात लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा राखी उपचार गर्यौं ।

डा.सुदर्शन थापा सहित अस्पताल प्रशासनले सहयोगी भुमिका निर्वाह गरेकै,हो । अर्को दिन बिहान धागो कारखानाको आइसियुमा बुवालाई सारियो । हामी औषधि लिन जाने, खाना पुर्याउने गर्न थाल्यौं । स्वास्थ्य अवस्था बारे चिकित्सकले राम्रै रहेको प्रतिकृया दिइरहेका थिए । बुवा फोनमा राम्रो गरी बोल्नुहुन्थ्यो । हामी बाहिर रहेर हेरिरहेका छौं भनी ढाडस दिन्थ्यौं । यसरी ५ दिन बित्यो । रेम्डिसिभिर र प्लाज्मा डोज पुरा भयो । तर बुवाको अक्सिजन लिन सक्ने क्षमता कम हुंँदै गयो । हामी आत्तियौं । काठमाण्डौ लैजाने तयारी थाल्यौं । राजधानीका दुई अस्पतालमा कुरा भयो । तर अक्सिजन लेभल कम भएका कारण हेलिकप्टरमा समेत उडाउन नमिल्ने अवस्था आयो । बुवाको उपचार जहाँ अझै प्रभावकारी हुन्छ त्यहीँ लैजाउँ जस्तो हुन्थ्यो तर सबै अवस्था सहज थिएन ।

बिहान डाक्टरले हेरिसकेपछि अक्सिजन लिटर झारेर बुवाले अक्सिजन लिन सक्ने÷नसक्ने अवस्थाको जाँच गर्ने र निमोनिया एउटा फोक्सोमा पुरै र अर्कोमा आधा भागमा पुगिसकेकाले सो को उपचार गर्ने भन्ने सल्लाह भयो ।

आफु संक्रमित भएको र स्वास्थ्यमा ख्याल गर्नुपर्ने विषय त बिर्सिएर बुवाको उपचार कसरी हुन्छ भनेर लागेका थियौँ हामी । बुवाको थप उपचारका लागि सबैको सरसल्लाहले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गर्ने निधो भयो । अस्पतालमा कुरा गरेर बुवालाई मंसिर १३ गते भैरहवा लगियो । त्यहाँ लैजाने बित्तिकै मिनि भेन्टिलेटरमा बुवालाई राखियो । उपचार सुरु भयो । यहाँ (धागो कारखानामा) १५ लिटर फुल अक्सिजनमा राखिएको थियो । बुवालाई भैरहवा ६० लिटरमा राखियो । अक्सिजन सेचुरेशन ९२ प्रतिशत थियो । हामी अस्पताल परिसरमै रहेर औषधि ल्याउने, खाना पुर्याउने दिनचर्यामै थियौँ ।

सञ्जुको मामा उक्त अस्पतालमा डाक्टर रहेकाले बुवाको अवस्था बारे उहाँले अपडेट दिने, आफैले बुवालाई हेरिदिने गर्नुभएको थियो । १३ गते रात बित्यो । रातिमा रिस्क नहोस् भन्ने हिसाबले बुवालाई १ सय लिटर अक्सिजनमा राखिएको थियो । बिहान डाक्टरले हेरिसकेपछि अक्सिजन लिटर झारेर बुवाले अक्सिजन लिन सक्ने÷नसक्ने अवस्थाको जाँच गर्ने र निमोनिया एउटा फोक्सोमा पुरै र अर्कोमा आधा भागमा पुगिसकेकाले सो को उपचार गर्ने भन्ने सल्लाह भयो । बुवाको जस्तो समस्या रहेका अन्य केश समेत निको भएका धेरै उदाहरण युसिएमएसमा रहेको थाहा थियो हामीलाई । त्यसैले सुधार हुनेमा आशामा थियौं ।

….. हामीले बुवालाई गुमायौं

मनको पीडा, एकातर्फ बुवालाई अन्तिम दाहसंस्कार दिन, मलामी जान नपाएको अर्कोतर्फ आफै संक्रमित हुँदा किरियाकर्ममा समेत पुर्ण सहभागिता जनाउन नपाएको अवस्था । यस्तो लाग्यो, कोरोनाले हाम्रै परिवारमा मात्र यति ठूलो संकट ल्याएको होला ।

यत्तिकैमा १४ गते दिउँसो २ बजे पिपिई सेटमा रहेकी डाक्टर आइसियुबाट दौडँदै बाहिर आइन् र हामीलाई बोलाइन् । उनको नजिक पुग्दा मन आत्तियो । उनले बुवाको मुटुमा समस्या देखिएको र आधा घण्टा प्रयास गरेर श्वास दिन सक्ने अवस्था नरहे बुवाले संसार छोड्ने जानकारी गराइन् । पर्खिंदा पर्खिंदै सिनियर डाक्टर पिपिई सेटमा भित्र पसे । उनको प्रतिक्षामा बाहिर रहेका हामीले उनीबाट समेत सोही कुरा सुन्यौं ।

डक्टरले भनेको त्यो आधा घण्टाको समयमा बुवाको स्वास फर्कियोस् भन्ने आशामा बिते तर आशाको दियो निभ्यो जब दिउँसो २ः३० (साढे दुई) बजे बुवाले हामीलाई छोडेर जानुभएको खबर डाक्टर लिएर डाक्टर अगाडि आए । मृत्यु कसैका लागि प्रिय हुन्न, त्यसमाथि बुवाले साथ छाडेको त्यो पल त्यो खबर जीवनकै सबै भन्दा असह्यै खबर थियो ।
त्यतिन्जेल केही आफन्त र साथीभाई अस्पताल पुगिसक्नुभएको थियो । हामी पनि संक्रमित नै रहेकाले बुवाको देहावसानपछिको कर्मकाण्डका लागि तयार हुन अस्पतालमै स्वाब दियौं । बुवाको शव सो साँझ अस्पतालमै राखिने र अर्को दिन दिउँसो २ बजे आर्मीलाई हस्तान्त्रण गर्नुअघि हामीले फुलपातीले बिदाई गर्न पाइने जानकारी अस्पताल प्रशासनले गरेपछि हामी घरतर्फ आयौँ ।

पिसिआरको नतिजा नेगेटिभ आए स्थायी घर स्याङ्जाको कोटाकोटमै कर्मकाण्ड गर्ने सल्लाह गर्दागर्दै अंकल नेत्र पाण्डेले तिलोत्तमा–१ ड्राइभरटोल स्थित आफ्नो खाली घरमा हामीलाई कर्मकाण्ड अवधिभर बस्न भन्नुभयो । हामी ड्राइभरटोल आयौँं । घरमा आमा, बहिनी र हजुरबुवालाई यसबारे थाहा थिएन । सामाजिक संजालमा पत्रकार साथीभाई र आफन्तले बुवालाई श्रद्धाञ्जली दिँदासम्म पनि बहिनीले सामाजिक सञ्जाल नचलाएपछि बुवाबारे जानकारी पाइन । माइलोबुवा, अंकलहरुले अर्को दिन जानकारी दिने भन्नुभयो । तर बेलुका थाहा पाए आमा, बहिनी थप आत्तिनुहोला भन्ने भएर हामीले हामी बसेकै घरमा ल्याउन आग्रह गर्यौं । उहाँहरुलाई अस्पताल जाने भनी हामी भएको ठाउँमा ल्याइयो । हामीसँग आएपछि आमा र बहिनीले बुवा नरहेको थाहा पाउनुभयो । नजिकै बसेर आमालाई सम्झाउन पनि पाइएन । कारण हामी दुवै १७ दिन सम्म समेत संक्रमित नै थियौं ।

भौतिक रुपमा १५ गते दिउँसो साढे दुई बजे नेपाल आर्मीले पिपिईमा बेरिनुभएका बुवालाई शव बहानमा राखेर लगेको कुरा मस्तिष्कमा ल्याउन र सम्झन मन नै थिएन । जसोतसो मनलाई सम्झाउँदै, परिवारका अन्य सदस्यलाई सम्हाल्दै दिन बित्न थाल्यो । रिपोर्ट पुनःपोजेटिभ आएपछि बुवाको क्रियाकर्ममा पुर्णरुपमा सहभागी हुन पनि नपाउने भइयो । हामीले ठाडो किरिया थाल्यौँ । कोटाकोटदेखि राईलो बुवा आउने र उहाँले सबै कर्म गर्ने निधो भयो ।

यसलाई हामीले सहज मान्नु बाहेकको विकल्प पनि थिएन । तर संक्रमित भएकै कारण २७ दिनसम्म म र मेरो परिवारका अन्य सदस्यले भोगेको पीडा शत्रुले पनि भोग्न नपरोस् ।

मनको पीडा, एकातर्फ बुवालाई अन्तिम दाहसंस्कार दिन, मलामी जान नपाएको अर्कोतर्फ आफै संक्रमित हुँदा किरियाकर्ममा समेत पुर्ण सहभागिता जनाउन नपाएको अवस्था । यस्तो लाग्यो, कोरोनाले हाम्रै परिवारमा मात्र यति ठूलो संकट ल्याएको होला । किनभने बुवाभन्दा अग्रज साईलोबुवा ५० दिन अगाडि कोरोनाकै कारण भेन्लिेटरमा उपचार गर्दागर्दै बित्नुभएको तीतो यथार्थ लाई अंगाल्न नसक्दै बुवाको निधन हुनुले हामीमा थपिएको पीडाको लेखाजोखा शब्दले गर्न सक्दैन ।

यो बीचमा स्थानीय, अन्य जिल्ला र विदेशबाट समेत कोरोना महामारीकै बीच आफन्त, साथीभाई र शुभचिन्तकले भेटघाट गर्ने, समवेदना दिने, सहयोगार्थ भावना दर्साउने गर्दा आर्थिक पाटो बलियो हुनु मात्रै जीवनको सफलता होइन रहेछ, मानिस कमाउनु पर्ने रहेछ भन्ने महशुस गर्न पाइयो । नवौं दिनमा ढिकुरो छोराले फुटाले राम्रो हुने कुरा पण्डितजीले भनिरहनुभएको थियो । त्यो आशाले पुन ःपिसिआर जांच गरायौं । नतिजा आउँदा सञ्जुको नेगेटिभ तर मेरो पुन ः पोजेटिभ आयो ।

फेरि पनि अन्य कर्म गर्न नपाउने भयौँ । यसलाई हामीले सहज मान्नु बाहेकको विकल्प पनि थिएन । तर संक्रमित भएकै कारण २७ दिनसम्म म र मेरो परिवारका अन्य सदस्यले भोगेको पीडा शत्रुले पनि भोग्न नपरोस् । यो प्रार्थना मैले भगवानसँग मनमनै गरिरहेको छु । परिवारमा आमा र बहिनी कोभिड नभएका हुनुहुन्थ्यो । तर उहाँहरुलाई समेत कोभिड भए सरह व्यवहार गरियो । विभिन्न मानिसले कुरा गर्न थाले । सकारात्मक गरे कि नकारात्मक थाहा भएन । तर आइसोलेसनमा बसेदेखि नै केही अपहेलित भएका पक्कै हौं,तर कोभिडको संक्रमण भएकै कारण हामीलाई गरिएको व्यवहार सम्झिँदा मन भोरिएर आउँछ । पीडाको भाव शब्दमा लेखेर पनि साध्य नलाग्ने रहेछ । त्यो हाम्रो भोगाइ थियो । जिन्दगीको एउटा सिकाई ।

मनमा धेरै कुरा छन् । बिरामी हुँदाहुँदै बुवाको उपचारमा अस्पतालमा खटिँदा संक्रमण निको हुनुसट्टा सिटि भेल्यु कम हुनु मेरा लागि पनि खतराकै संकेत थियो । तर बुवालाई बचाउन पाए आफु निको भइहाल्ने सपना पनि थियो । बिवशता, प्रयास गर्दा गर्दै बुवालाई बचाउन सकिएन ।

बुवासँगका सम्झना

बुवा संसारमा नरहेको कुरा पत्याउन मनले मानिरहेकै थिएन । अहिलेपनि बुवा पसलमै बसेको, सबलपोष्ट अनलाईनमा समाचार सेयर गरेको, मेरा साथीभाईसँग गफ गरेको ताजा स्मरण झलझली आँंखामा छ । फरक यत्ति हो, यो अब सम्झना हो ।

केही समय नेपाल आर्मीको संनाथगणमा सेवा गरेर बुवा भारतीय आर्मीमा उडिसा स्पेसल फोर्समा भर्ती हुन पुग्नु भएको रहेछ । उहाँ ४५ वर्षको उमेरमै पेन्सन आउनु भयो । सामाजिक काम तथा राजनीतिमा निकै चासो राख्ने मेरो बुवाले छोराले राजनीति गरोस् भन्ने चाहाना राख्नु हुन्थ्यो । आर्थिक रुपमा मलाई कहिल्यै पनि कमी महसुस हुन दिनु भएन ।
त्यसका लागि निकै मेहनत गर्नुभयो । नेपाल आएपछि केही समय गाउँमै वस्दा युएनडिपीले सञ्चालन गरेको वचत गर्ने सिकाउने उद्देश्यले स्थापना भएको एक संस्थाको अध्यक्ष भएर केही वर्ष काम गर्नुभयो । त्यस पछि बुवाको व्यवसाय गर्ने सोंचलाई पछुयाउँदै हामी २०६२ सालमा बुटवल झरेका हौं । बुटवल झरेपछि बुवाले २०६३ देखी बुटवल बसपार्कको केही तल हाईवेमै साईकल पसल सञ्चालन गर्नुभएको थियो ।

लेख्न छुटाएका धेरै विषय छन् । ती विषय विस्तारै अन्य समयमा लेखौँला भन्ने लागेको छ । बुवाको देनलाई जीवन्त राख्न केही अन्य प्रयास समेत गर्ने सोंच बनाएको छु । अब आमा, बहिनी र परिवारको सिंगो जिम्मेवारी मेरै काँधमा छ ।

करिब ३ वर्ष पसल सञ्चालन गरेपछी त्यसलाई वन्द गरेर कपिलवस्तुको चन्द्रौटामा २०६६ देखि गण्डकी भेली उद्योग सञ्चालन गर्नुभयो । ३ वर्ष अघिसम्म सो उद्योग सञ्चालनमा थियो । हाईवेमा वस्तीको विचमा उद्योग भएका कारण सञ्चालन गर्न नपाईएका कारण उद्योग वन्द गरेर भेली सख्खर होलसेल खरिद बिक्री गर्ने उद्देश्यले बुटवलको कालीकानगरमा जय श्री गण्डकी ट्रेडर्स सञ्चालन गरिरहनु भएको थियो जहाँ खाद्यान्नको होलसेल पनि सञ्चालन थियो भने कम्वोडको कारोवार पनिसँगै थियो । कोभीडको संक्रमण देखिने दिनसम्ममा पनि उहाँ व्यापारमै व्यस्त रहनु भएको थियो ।

व्यवसायसँगै पसलमा रहँदाको खाली समय सबल नेपाल मिडिया प्रा.लिको व्यवस्थापनको पाटो पनि उहाँलेनै हेरिरहनु भएको थियो । समय र प्रविधिमा हामी जत्तिकै अपडेट उहाँ समाचारको विषयवस्तुमा उत्तिकै जानकार रहनुहुन्थ्यो । अनलाईनमा अपडेट हुने समाचारमा उहाँको निगरानी हुने गर्दथ्र्यो ।
मलाई स्वतन्त्रपुर्वक समाजिक काम हिँड्नका लागि उहाँले पछाडि पसेर सघाईरहनु भएको थियो । उत्साह र उत्प्रेरणाको खानी नै हुनुहुन्थ्यो । मैले जे गरिरहेको छु त्यसमा पुर्ण सन्तुष्ट हुनुहुन्थ्यो । म बाट उहाँले आर्थिक विषयमा कुनै अपेक्षा राख्नु भएन ।

लेख्न छुटाएका धेरै विषय छन् । ती विषय विस्तारै अन्य समयमा लेखौँला भन्ने लागेको छ । बुवाको देनलाई जीवन्त राख्न केही अन्य प्रयास समेत गर्ने सोंच बनाएको छु । अब आमा, बहिनी र परिवारको सिंगो जिम्मेवारी मेरै काँधमा छ । कोरोना संक्रमणले सिकाएको पाठ आत्मसाथ गरेर अघि बढ्न पनि छ । हेरौँ समयले के के गर्दै लान्छ । बुवाको सम्झना मनमा राखेर,उहाँको हौसला सम्झिएर अघि बढ्नेछु ।

परिस्थिति सबै र सधै आफ्नो बशमा हुन्न भन्ने थाहा छ तर अप्रत्यासित र अनपेक्षित यस्ता धेरै घटना हुँदा रहेछन्, जुन हाम्रो परिवारले पनि भोग्यो । भौतिक शरिरसँगै नभए पनि बुवाका सोंच र सपनालाई याद र सम्झनासँगै जिउनु छ । असहज परिस्थितिमा कुनै न कुनै माध्यमबाट सम्झने र साथ दिने सबै प्रति आभारी छौं ।