पत्रकार खड्काको खोजी कार्य फेरी सुरु

२८ कार्तिक २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
7 Shares


बाजुरा / बुढीनन्दा यात्राबाट कोल्टी फर्कने क्रममा गत भदौ १० गते देखी सम्पर्क विहीन बनेका पत्रकार तेजबहादुर खड्का तेजुको खोजी कार्य पुन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट बुढीनन्दा र आसपास क्षेत्रमा खोजी कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

खड्का जनैपूर्णिमाको मेला भरेर फर्कने क्रममा सम्पर्क विहीन भएका थिए। स्थानीय प्रशासनले बुधबारबाट फेरि बेपत्ता पत्रकार खड्काको खोजीका लागि पहल सुरु गरेको छ। स्थानीय प्रशासनले नेपाल पत्रकार महासंघको आग्रहमा खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ।

सेनाको हेलिकप्टरले हवाई मार्गबाट वेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उनी वेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ। बुढीनन्दा रेडियोमा कार्यरत खड्का रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका छन्। उनी प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत हुन्।

बुढीनन्दा क्षेत्रमा यतिबेला हिमपात भईसकेको छ। चिसोका कारण पनि खोजी गर्न समस्या देखिएको बताइएको छ।

-तस्विर अनिल शाहीको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…