सांसद पाण्डेयले राज्य बाट पाएको सेवा सुविधाहरु सामाजिक कार्यमा खर्च गर्ने

प्रकाशित मिति:

स्याङ्जा । संघीय प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेले गल्याङ जेसिजले आयोजना गरेको सप्ताव्यापी कार्यक्रमको समापन समारोहमा बोल्दै आफुलाइ राज्य बाट पाउने सबै तलब,भत्ता तथा सेवा सुविधा सामाजिक विकासका निम्ति खर्च गर्ने बताएका छ्न । उक्त समारोहमा बोल्दै पाण्डेले जेसिज युवाहरुको साझा संस्था भएकाले सामाजिक उत्तरदायित्वलाइ मुल विषय बनाएर सामाजिक क्षेत्रमा काम गर्नुपर्ने बताए ।

उनले सरकार अहिले भ्रष्टाचारमा लिप्त भएको र जनताको सेवा सुविधा अनि सुरक्षामा चासो दिन नसकेकाले पछिल्लो समय सरकार विरोधी आन्दोलन भइरहेको बताए । कार्यक्रमा महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई , नेबिसंघ महामन्त्री युवराज पाण्डेय , कानुनी सल्लाहकार बिष्णु अधिकारी,वालिङ जेसिजका अध्यक्ष होमकान्त गौतम, भिरकोट ५ का अध्यक्ष लक्ष्मण अधिकारी, महिला बिभाग केन्द्रीय सदस्य खगिसरा भण्डारी  लगायतले वोल्नु भएको थियो , कार्यक्रम उपाध्यक्ष तथा मुल संयोजक प्रकाश भुसालको स्वागत तथा  महासचिव खगेन्द्र भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।