नेपाल महिला संघद्धारा सिमा रानाको ४५ औ पुण्य तिथिका दिन शैक्षिक सामाग्रि वितरण

प्रकाशित मिति:

रुपन्देही- नेपाल महीला संघ रुपन्देहीले महिला संघ रुपन्देहीको सदस्य सिमा रानाको ४५अौ दिनको पुण्य तिथिका दिन तिलोत्तमा वडा नं ९ मा रहेको श्री गौतम बुद्ध आर्द्श शिशु सदन आधारभूत विद्यालय मा शैक्षिक सामाग्रि वितरण गरेको छ । लामो समय देखि सिमा राना सो विद्यालय मा शिक्षण पेसा गर्दै आउनु भएको थियो।

सिमा रानाले विद्यालय मा गरेको त्याग र परिश्रम को स्मरण गर्दै महिला संघ रुपन्देहीले विद्यालयमा शैक्षिक सामाग्रि वितरण गरेको नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाहिले बताउनु भयो । शाहिका अनुसार नेपाल महिला संघ रुपन्देहीले विगतका दिन मा पनि यस्ता कार्य गर्दै आएको बताउनु भयो। कार्यक्रममा नेपाली कांग्रेस पुर्व केन्द्रिय सदस्य बाबुराम राना, नेपाली कांग्रेस जिल्ला सचिव राम कृष्ण खाण ,नेपाली कांग्रेस जिल्ला सदस्य हरि न्यौपाने जिल्ला सदस्य गणेश शर्मा, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे वडा नं ९ का वडा अध्यक्ष नारायण न्यौपाने नेपाल महिला संघ जिल्ला सदस्यहरु जमुना ढकाल,सुस्मा हमाल बाला घिमिरे लगाएतको उपस्थितिमा शैक्षिक सामाग्रि वितरण गरिएको हो। नेपाल महिला संघ तिलोत्तमा सभापति कोपिला एसि को संचालन जिल्ला सभापति गंगा शाहिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।