काठमाडौँ– भारतको रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत सीईओ विकास खनचंदानीलाई मुम्बइ प्रहरीले पक्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार खनचंदानीलाई पक्राउपछि आइतबार नै अदालत उपस्थित गराइएको छ ।
केही केबल अपरेटर्सको सहयतामा दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि एलसीएनको प्रयोग गरेर टीआरपी बढी भएको देखाउँदै ठगी गरेको आरोप उनीमाथि छ । एनसीएन प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देखाएर टीआरपीमा घोटला गरेको उनीमाथि अभियोग लगाइएको छ । रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।
खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको अनुसन्धान अधिकारीहरूको दाबी छ । गत अक्टोबरमा सार्वजनिक भएको टीआरपी घोटला प्रकरणमा मुम्बइ प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।@khabaarhub