नसलबलाउनु एक्काईसौं शताब्दी मा

प्रकाशित मिति:

सोमनाथ घिमिरे, अमेरिका

पुरातनवादीहरू किन उन्नाईसौँ शताब्दी फर्कन्छन

परिवर्तित व्यवस्थालाई किन विकृति तर्फ ठकल्छन

परम्परागत शक्तिहरु खोइ कहिले आफै बदल्छन

सबै परिवर्तनकारी शक्तिहरुले पाठ अब सिकाउँछन।

 

पुरातनवादी र परम्परागत शक्ति नसलबलाउनु है।

अब एक्काईसौं शताब्दीमा परिवर्तनकारी हामी है,

व्यवस्था फेर्न तिर होइन, आफु फेरिनु जरुरी छ है।

आफो भलो त जगत भलो भन्ने सोच आजै छोडौ है।

 

अब पनि हाम्रा नेताज्युहरु नसुघ्रे संघीयता जोगाउन लाई

हामी गर्छौ संस्थागत लोकतन्त्र, गणतन्त्र, समावेशीतालाई

यि सबैको रक्षा र संवद्र्धनका लागि हामी सधै लडने छौं

हाम्रा नेताज्युहरुले खुट्टा ताने पनि हामी हात तान्न तयार छौं।