रोयल च्यालेन्जर भैरहवा (आरसीबी) को टिसर्ट अनावरण

प्रकाशित मिति:

रोयल च्यालेन्जर भैरहवा (आरसीबी)ले टिसर्ट अनावरण गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रमका बीच रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले टिसर्टको अनावरण गरे । दोस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा सहभागी हुने भैरहवाको टोलीले टिसर्ट सार्वजनिक गरेको हो । मंसिर १ गते देखि ८ गते सम्म सञ्चालन हुने तिलोत्तमा प्रिमियर लिग प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ ।
उक्त सामाग्री सांसद यादवले बालगृहका सञ्चालिका कृष्णमाया गुरुङलाई हस्तान्तरण गरे । विजय कर्णको अध्यक्षता, विनय कर्णको स्वागत मन्तव्य तथा सुन्दर खत्री क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, संघीय प्रहरी इकाई कार्यालय भैरहवाका वरिष्ठ प्रहरी उपरीक्षक राजेश कुमार लाल कर्ण, नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा रोयल च्यालेन्जर भैरहवालाई सहयोग गर्ने व्यक्तित्वहरुलाई पनि सम्मान भएको थियो ।