बृद्ध बृद्धालाई न्यानो कपडा

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- मंसीर ३०, मसुरीया, देउखुरी दाङ- लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ७ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न उमेर समुहकालाई वडा तथा गाउँपालिकाको तर्फवाट विभिन्न सहयोग गर्ने क्रममा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्भ गरिएको हो ।

राप्ती गाउँपालिक महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालेराप्ती गाउँपालिका भरिका ८० वर्ष माथिका ३१४ जना जेष्ठ नागरिकलाई सहयोगी सामाग्री वितरण गरेसंगै वडा कार्यलयले विगतमा जस्तै यस वर्ष ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका वडा भित्रका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्भ गराएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी गर्नुभएको छ ।वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरि कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।

वडा कार्यालयमा आउन नसक्ने ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका बृद्ध बृद्धालाई न्यानो कपडा जनप्रतिनिधि तथा कर्मचारीहरु घरमै गई वितरण गरिने कर्मचारी परशुराम चौधरीले जानकारी दिनुभएको छ ।