भगवानदास गुप्तको २१ औं स्मृती दिवशको पुण्य तिथी समारोह तौहिलवामा सम्पन्न

प्रकाशित मिति:

पुर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २१ औं स्मृती दिवशको पुण्य तिथी समारोह तौहिलवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा आयोजित कार्यक्रममा बिभिन्न सामजिक अगुवा सम्मान, २० दृष्टीबिहिनलाई सेतो छडी प्रदान, बाल गृह र अस्पतालमा फलफुल बितरण तथा स्वर्गिय गुप्तको सालिकमा माल्यार्पण गरिएको हो । बिस २०२१ देखी सक्रिय राजनितीमा लागेर गाँउ बिकास समितीको सदस्य, जिल्ला पञ्चायत सभापति हुदै माननिय भएका स्वर्गीय गुप्तको स्मृतीमा प्रत्यक बर्ष स्मृती दिवश मनाउने गरिएको छ । सो अवसरमा बोल्दै प्रतिठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दृघनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, पुर्वमन्त्री ईश्वरदयाल मिश्र लगायतले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको मार्गदर्शन लाई आत्मसात गर्न सकिए उनी प्रति सच्चा श्रद्धान्जली हुने बताए । पिता स्वर्गिय गुप्ता सँग आफुले बाल्यकालमा खासै समय बिताउन नपाएको भन्दै भावुक बने । पिताको अल्पायुमै निधन भए पनि वहाँका समकक्षी र नागरिकको प्रेम र सदासयताले पिताको कमीको अनुभुती कम गराएको उनले बताए । स्वर्गिय पिताको पथमा आफु हिडेर उहाँको मार्गदर्शनलाई पछ्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।