मानव बेचबिखन रोक्न सिमामा मानव संजाल निमार्णमा जोड

३० मंसिर २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल ३० मंसिर । बचपन बचाउ आन्दोलनले बेस र स्वतन्त्रता अभियान नेपालसंग संयुक्त रुपले सिमापार क्षेत्रमा बालबालिका लगायत मानव बेचबिखनको विषयमा भारत र नेपाल बीच द्विपक्षीय भर्चुयल संवाद सफलतापूर्वक सम्पन्न ग¥यो । बचपन बचाउ आन्दोलनलका संस्थापक तथा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीद्धारा कार्यक्रमको बारेमा संक्षीप्त संवोधन भएको थियो । सत्यार्थीको अनुसार– “नेपाल र भारतका बालबालिकाहरु कोरोना महामारीको असरबाट ग्रसित छन् । बढ्दो गरिबि, बेरोजगार साथै विद्यालयहरु बन्द भएको कारणले दुबै सिमाभित्र र सिमा बाहिरका बालबालिकाहरु अझ थप बेचबिखनको थप जोखीम्मा परेका छन् ।
दुबै देशले यस किसीमको समस्याको पहिचान गरि दिगो समाधानको लागि उपाय खोज्नुपर्छ । आउदो वर्ष संयुक्त राष्टसंघको बाल श्रम उन्मूलन वर्ष रहेको छ । यो अवसरलाई नेपाल र भारत दुबै देश मिलेर सामुहिक रुपमा कार्य गर्न जरुरी देखिन्छ । भारत र नेपालका सम्पुर्ण राजनैतीक नेताहरु, सरकारी अधिकारीहरु, कानुनी विज्ञहरु, मानव अधिकार वादी र नागरिक समाजलाई मानव बेचविखन तथा बालश्रम अन्त्यका लागि यो अभियानमा सामेल भईदिनु हार्दिक अनुरोध छ । म नेपाललाई सदाझै बालबालिकाको लडाईको लागि नेतृत्व गर्नेमा गणना गर्दछु ” सत्यार्थीले भन्नु भयो ।

भारत नेपाल विच भएको यो महत्वपूर्ण संवाद कार्यले दुवै देशका धेरै सरोकारवालाहरु लगायत कानुनी विज्ञहरु तथा अधिकारीहरु, नागरिक समाज संस्थाहरु, बालश्रमीबाट मुक्त गरिएका बालबालीका र अनुसन्धानमा संलग्न संस्थाहरुलाई एकसाथ एकै मञ्चमा ल्याउने कार्य भएको छ । संवादमा सहभागी सम्मानित व्यक्तित्वहरुले सिमा पार बेचिएका पिडितहरुको उद्धार र पुनस्थापर्नाका लागि दुई देशबीच रहेको सिमा व्यवस्थापन सामुहिक रुपले अगाडि बढेर मिलाउने वाचा गरेका थिए । दुबै देश भारत र नेपालका सरकारहरुलाई सहमती र सम्झौता गरी आपसी छलफल र सहयोग जतिसक्दो चाडै हस्ताक्षर गर्नमा जोड दिईएको थियो । जुन सहमती र सम्झौता मानव बेचबिखन रोकथामको लागि भारत र म्यानमारको दीपक्षीय सहयोगमा हस्ताक्षर भए अनुरुप गर्न सुझाव दिईएको थियो । कोरोना महामारीको प्रतिकुल असरलाई केन्द्रित गर्दै उपस्थीत वक्ता तथा सहभागीहरुलाई नेपाल र भारत विच सीमा वारी र पारी हुने मानव बेचबिखनको विषयमा छलफल गर्ने र यसलाई उन्मुलन गर्न दिगो समाधानलाई लक्षित गर्न साझा मंचको रुपमा लिईयो । दुबै देशका कानुनी प्रवर्तक र संस्थाका अभियन्ताहरुको सहभागीताबाट मानव बेचबिखनमा संलग्नहरुलाई कडा कारवाही गर्न जरुरी भएको बारेमा पनि छलफल ुभएको थियो ।

उक्त संवाद कार्यक्रममा नेपालका सम्मानित व्यक्तित्वहरु लुम्बिनी प्रदेशका संसदीय सदस्य तथा बेस नेपालका संस्थापक अध्यक्ष श्री डिल्ली बहादुर चौधरी, सांसदहरु अनीता देवकोटा, मेटमणी चौधरी, डा. डिला संग्रौला, सरीता न्यौपाने र राष्टिय बालबालिका अधिकार परिषदका कार्यकारी निर्देशक डाक्टर मिलन ढरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ज्वाईन्ट सेक्रेटरी रोशनी श्रेष्ठ, नोल प्रहरीको मानव बेचविखन विरुद्धको व्यूरो ईन्चार्ज अनुराग सुवेदी लगायत भारतीय संसदहरु श्री कृष्ण लभु र कन्भेनर बालबालिका संसदीय फोरम श्री प्रकाश बर्मा, डि.सि. आर.पी. का पूर्व अध्यक्ष आमोद कान्थ, र जेनेरल सेक्रेटरी प्रयास, श्री सुभाष त्रिपाठी, आई. जी. एस.एस.बी. साथै भारत र नेपाल दुवै देशका नागरीक समाजका प्रतिनिधि, अनुसन्धानकर्ता कानुन विद र अभियन्ता लगायत अन्य सम्मानित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।सबैजसो वक्ताहरुद्धारा बेचबिखनबाट पिडितको उद्धार र पुर्नस्थापना तथा नेपालमा भारतको जस्तो कानुन लागु नहुदा, भारतीय अदालतद्धारा अभियोजनमा चुनौती, पिडितलाई पुर्नस्थापनाको प्याकेज स्थानान्तरन गर्न समस्या र नेपालमा पिडितहरुलाई आश्रय दिन र पिडीतहरुलाई घरसम्म पठाउन नसक्नु सरकारी अधिकारीहरुको चुनौतीको साथै पिडितहरुको दबाबमा रही काम गर्नुपरेका चुनौतीहरुको विषयमा केन्द्रित रहेर पनि छलफल भएको थियो । अरविन्द र श्रिजना थारु, जो बचपन बचाओ आन्दोलन र बेसद्धारा क्रमशः बालश्रमबाट उद्धार गरिएका उनीहरुले पनि यस अवसरमा आ आपनो व्यक्तिगत धारणा व्यक्त गरेका थिए । अरविन्द कुमार अहिले बचपन बचाओ आन्दोलनका क्रियाशील सदस्यका रुपमा कार्यरत अरविन्द कुमारले भने यदि हामीले बालबालीकाको वर्तमान अवस्था सुनिश्चित गर्न सकेनौ भने , हामीले कसरी तीनै बालबालीकालाई त्यस देशका भविष्यको रुपमा अपेक्षा गर्नसक्छौ ? तसर्थ जतिसक्दो चाडो बेचबिखन विरुद्ध कडा रुपमा काम गर्नुपर्ने जरुरी छ । हामी सुरक्षित बचपन, सुरक्षित भारत र सुरक्षित नेपाल चाहन्छौं । अरविन्दले भने ।त्यसैगरी नेपालकी श्रिजना थारु पनि कम्जोर आर्थिक अवस्थाका कारण १० वर्षको कलीलो उमेरमा बाल मजदुरको रुपमा काठमाण्डौमा काम गर्न जान बाध्य भएकी थिईन् । श्रृजना थारुले मालीकको घरमा भाँडा माज्ने, लुगा धुने, खाना बनाउने जस्ता काम गर्दथिईन । पढ्ने ईच्छा भएर पनि अरुको घरमा काम गर्दा उनको मन रुने गर्दथ्यो । म जस्तो दुःख कुनै पनि चेली वेटीलाई नपरोस् र सबैले पढ्न बाट बञ्चीत हुन नपरोस् भनी श्रजनाले अभिव्यक्ति दिईन । बेस नेपालद्वारा उद्धार गरिएका उनलाई विद्यालयमा भर्ना गरिएको छ । उनी त्यहाँबाट आफ्नो घर राप्ती सोनारी २, हरिहरपुर गाँउमा फिर्ता भएर हाल कक्षा ७ मा अध्ययनरत छिन् ।यो नेपाल भारत मानव बेचविखन विरुद्धको सम्वाद कार्यक्रम बेसका कार्यकारी निर्देशक श्री चुर्ण बहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरुवात भएको थियो भने बचपन बचाओ आन्दोलनका कार्यकारी निर्देशक धनन्जय तिंगालले सहभागीहरुलाई स–धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम ज्योती राठौरले संचालन गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल तथा भारतका गरी २५० बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।बचपन बचाओ आन्दोलन १९८० मा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको अगुवाई र उनीसँग सम्बद्ध व्यक्तिहरुको सहयोगमा बालसंरक्षणका लागि थालिएको भारतको सबैभन्दा ठूलो आन्दोलन हो । यसले स्थापना कालदेखि विभिन्न रुपमा हुने बाल अधिकारका हिंसाहरुको विरुद्ध, बालबालिका बेचविखन विरुद्ध अथक रुपमा काम गरिरहेको छ र करीब ९०,००० भन्दा बढी बालबालीकाहरुको उद्धार गरिसकेको छ ।

बेस गैह्रसरकारी संस्था मात्र नभएर यो नेपालमा सामाजिक अभियानको आन्दोलन पनि हो । यो संस्थाले विकासका काममा मात्र संलग्न नरही आर्थिक रुपले पछाडि परेका आदिबासी र अन्य पिटडीएको वर्गहरुको अधिकारका लागि पनि आवाज उठाउछ । बेसले शोषण, अन्याय र वञ्चितीमा परेकाहरुको लागि कडा आवाज उठाउँछ । बेसले नेतृत्व गरेको नेपाल एजुकेशन मार्चमा थुप्रै गै.स.स., स्कूलहरुको यूनीयन, व्यवसायीक यूनीयन, नागरिक समाज संस्थाहरु, निजी क्षेत्र, मिडियाको सहभागिता रही शिक्षाको लागि कोष संकलन गर्न, बालश्रमिकहरुको उद्धार गर्न र विद्यालयमा भर्ना गर्न सहयोग गरयो । देशमा बंधुवा श्रमिक (कमैया) प्रथालाई मुक्त गर्न बेसको नेतृत्वमा थालिएको आन्दोलनको परिणाम स्वरुप ३ लाख भन्दा बढी कमैयाहरुको मुक्ति र पुर्नस्थापना भएको छ । बेसले कम्लहरी (बंधुवा महिला कामदार) प्रथालाई पनि अन्त्य गर्नमा महत्वपूर्ण भूमीका निभायो । बेस संस्था मानव बेचविखन र बालश्रमीक प्रथाको उन्मूलनको लागि निरन्तर लागि परेको छ । स्वतन्त्रता अभियान नेपाल एक गैर सरकारी संस्था हो जसले मानव बेचविखन र बालश्रमीकका मुद्दाहरुलाई दिर्घ रुपमा निराकण गर्न निति र पैरवी गर्दछ जसको लागि सरकारसँगै मिलेर काम गर्दछ । स्वतन्त्रता अभियान नेपालले वञ्चीतीकरणमा परेकाहरु, विभेदमा परेकाहरुकोे उत्थानको लागि विकासका गतिविधिद्वारा सामाजिक न्यायको लागि काम गर्दछ र डण्डहीनताको अन्त्यको लागि निरन्तर लागि परेको छ । यसले कुनै भेदभाव, पूर्वाग्रह बिना र कुनैपनि राजनीतीक पक्ष नलीई नेपालमा कार्य गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया