अब आठ वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी

प्रकाशित मिति:

नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १८ बैंकले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट लाभांश घोषणा गर्दा ८ वटा बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा हुन बाँकी रहेको छ ।मंगलबारसम्म १८ बैंकले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसीसी०, मेगा बैंक र सिभिल बैंक रहेका छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एशिया र हिमालयन बैंकले २० प्रतिशत लाभांश वितरण गरेका छन् भने हालसम्म सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७।५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।