चितुवाको डिएनए परिक्षणका लागि काठ्माण्डौ पठाईयो

प्रकाशित मिति:

अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको चितुवा नरभक्षी हो हैन भनेर पत्ता लगाउन डिएनए चेकजाचको लागि पठाइएको छ ।
नरभक्षी चिुतुवा हो हैन भनेर पत्ता लगाउन पासोमा परि उद्धाको क्रममा मरेको चितुवाको ब्लड, र्याल , बच्चाको बल्ड, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न स्याम्पलहरु चेकजाचको लागि काठमाण्डौमा रहेको प्रयोगशालामा पठाइएको सहायक वन अधिकृत शिला पोख्रेलले बताइन ।
नरभक्षी चितुवाको आक्रमणले आतंकीत बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि खुसी भएका छन । चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क , खाँचीकोट लगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन । तर नरभक्षी चितुवा हो हैन भनेर पत्ता लगाउन डिएनए परिक्षणकोलागि पठाइएको हो ।
नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा अर्घाखाँचीमा दुइ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १४ जनाको ज्यान गएको र १० जना घाइते उपचार पछि निको भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवाको आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् ।