पत्रकारहरूबाट लेखनवृत्तिको लागि आवेदन माग

प्रकाशित मिति:

काठमाडौं – प्रेस काउन्सिल नेपालले उपत्यका बाहिर र दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरूबाट लेखनवृत्तिको लागि आवेदन माग गरेको छ । काउन्सिलले मिडिया विकास कोष मार्फत तीन वर्ष देखि नियमित रुपमा प्रदान गर्दै आइरहेको लेखनवृत्तिका लागि प्रत्येक प्रदेश तीन जनामा नबढ्ने गरि लेखनवृत्ति प्रदान गर्न लागेको हो ।

काउन्सिलले मुख्य गरि कोभिड–१९ सँग सम्बन्धित चेतनामुलक÷शिक्षामुलक समाचार सामग्री प्रकाशन गरेका पत्रकार मध्येबाट सूचना प्रकाशन मिति मंसिर २८ देखि एक हप्ता भित्र आवेदनको माग गरेको छ । लेखनवृत्ति प्रति व्याक्ति १५ हजार रहेको छ ।