डा काँसिराम विश्वकर्मा निस्ती बडिगाड सामुदायिक विकास केन्द्रद्वारा सम्मानित ।

२९ कार्तिक २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
149 Shares


रमेश विश्वकर्मा
गुल्मी २७ कार्तिक \ निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीले डा। काँसिराम विश्वकर्मालाई सम्मान गरेको छ ।निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीको आफ्नो गत बुधवार भएको केन्द्रको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रमको अवसरमा मुसिकोट नगरपालिका १ थामडाँडा कटौजे गुल्मीमा जन्मेर डाक्टर बनेका कासिराम विश्वकर्मालाई केन्द्रका अध्यक्ष मोहन घिमिरे र प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले डाक्टर विकलाई फुलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।साथै विकट गाँउमा जन्मेका यस क्षेत्रको दलित समुदायको प्रतिनिधिन्व गरेर डाक्टर बन्ने विश्वकर्मा पहिलो हुन उनी हाल जिल्ला अस्पताल गुल्मीमा कार्यारत रहेका छन् ।साथै लामो समय संर्घष गरेर बनेका डाक्टर विकले आफूलाई केन्द्रले सम्झेर जुन सम्मान गयो त्यो आफ्नो लागि निकै खुसीको क्षण भएको भन्दै यो सम्मानले आफूलाई थप जिम्मेवार र कर्तव्यबोध बनाएकोले आफ्नो कार्यप्रति थप प्रेरणा थपेको डा विकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया