साहित्य स्रस्टा सुनिताले ल्याइन कोरोना महामारीको सन्देशमुलुक गीत

प्रकाशित मिति:

नर्स एवं साहितेयकार सुनिता बस्नेतको शब्द रचना र परिकल्पनामा लोकप्रिय ख्यातिप्राप्त कालाकार आनन्द कार्की र नर्स एवं गायिका मिना कार्कीको स्वरमा ‘जित्छौं महामारी’ गीत हिजो ओएस्आर ट्युबच्यानलमार्फत सार्नजनिक भएको छ। गीतको सार्वजनिकिकरण डिसी नेपाल डटकम र रेडियो हिमालयले बरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यमा प्रतिष्ठित कलाकार, साहित्यकार एवं सर्जकको शुभकामना आदानप्रदान सहित सार्वजनिक गरेको थियो।

बरिष्ठ कलाकार कृष्ण मल्ल, सर्मिला मल्ल, साहित्यकार प्रभात दिक्षित, ज्ञानेन्द्र गदाल, बरिष्ठ गायक आनन्द कार्की, हास्य कलाकार नारायण त्रिपाठी, डा :गजेन्द्र, गीतका डाइरेक्टर, सम्पादक एवं छायॅाकार विरेन्द्र भाट ‘विपिन’ को उपश्थिति रहेको सो सार्वजनिकिकरण कार्यक्रम ‘नुन चिचू पानी’ हास्य कार्यक्रमका संचालक अर्जुन दाहालले संचालन गर्नु भएको थियो।

टेक्ससका स्थानिय स्वास्थ्यकर्मी डा सर्मिला श्रेष्ठ, डा: पुजा शेंजु, डा: रोजी राज भण्डारी, महामारी विशेषज्ञ डा। प्रकास श्रेष्ठको वास्तविक जीवनको भिडियो क्लिप्स साथै लोकप्रिय समाजसेवी नर्सहरु सबिना रावल र अन्जु खरेल बन्जाडेले नर्सकै पहिरनमा नृत्य गरेका छन्। त्यस्तै नेपालका बरिष्ठ चिकित्सक, साहित्यकार एवं कलाकार डा। भोला रिजालको अठोट सहितको अभिनय छ। नेपालका चिकित्सक डा: राजेन्द्र खनाल, डा: अब्दु्ला, डा: यादव एवं अन्य स्वास्थ्यकर्मीको एकल अनि सामुहिक छायांकन रहेको यो गीत स्वास्थ्यकर्मी , कलाकारहरु एवं साहित्यिक ब्यक्तित्वको निकट परामर्श सहित मबामारी लड्नको लागि उर्जा सिद्द हुने देखिन्छ। लोकप्रिय सॅगीतकार राजकुमार बगरको सॅगीतमा रहेको सो गीत त्रिवेणी डिजिटलमा रेकर्ड गरिएको थियो  भिडियो 

(22) Jitchhau Mahamari – Ananda Karki, Mina Karki || New Nepali Song || Krishna Malla, Sharmila Malla – YouTube