गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा स्वागत कार्यक्रम

प्रकाशित मिति:

न्यूयोर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का अध्यक्ष श्री सोमनाथ घिमिरेले आज गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा डाक्टर चार्ल्स लि वाङ-संयुक्त राष्ट्रसंघ वन बेल्ट वन रोड प्रोमोसन कमिटी का चेयरमेन एंव संयुक्त राष्ट्रसंघ चाईनिस फ्रेन्डसिप ऐसोसीएसन का अध्यक्ष र वाल स्ट्रिट न्युज ऐजेन्सी का अध्यक्ष युजियाङ मिङ लाई खादा लगाई स्वागत गर्नु भयो। स्वागत गर्ने क्रममा बौंद्ध धर्मगुरु दुङजिन लोपोन रेम्पोर्छे दावा साङबो योल्मोपाले पनि वहाँहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो।यस स्वागत कार्यक्रममा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, कोषाध्यक्ष सुश्री दावा शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो।

उक्त स्वागत कार्यक्रमको भेटवार्तामा आध्यात्मिक र सामाजिक विषयमा व्यापक छलफल भएको थियो।उक्त भेटवार्तामा फाउण्डेशन को नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष सोमनाथ घिमिरे एवं उपस्थित पदाधिकारीहरुलाई डाक्टर चार्ल्स लि वाङ र युजियाङ मिङले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशनलाई संयुक्त राष्ट्रसंघ लगायत उच्चस्तरीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी अगाडी बढन आफ्नो तर्फवाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गर्नुभयो।

डाक्टर वाङले संयुक्त राष्ट्रसंघका पुर्व महासचिव बान कि मुन सँग नजिकवाट काम गरेको अनुभव सुनाउनु भएको थियो भने कोरोना पछिको विश्व अब अर्कै हुने भन्दै हामीले शिक्षा, स्वास्थ्य, कृषि र प्राविधिक सीपहरुमा नँया परिवेश अनुसार विकास हुन अत्यन्त जरुरी छ भन्नु भयो। युजियाङ मिङले आगामी दिनहरूमा विश्वका राजनेता हरूमा धैर्य र संयमता संहाल्दै देशहरूमा सर्वपक्षीय शान्ती स्थापना गर्नमा जोड दिनुभयो। बौंद्ध धर्मगुरु दुङजिन लोपोन रेम्पोर्छे दावा साङबो योल्मोपाले बौंद्ध धर्म वारे किताब लेखि सकेको र प्रकाशन गर्न बाँकी रहेको छ भन्नु भयो। उक्त किताब प्रकाशित भए पछि निःशुल्क वितरण गर्ने पनि घोषणा गर्नु भयो।

यसै फाउन्डेशनका अध्यक्ष घिमिरेले संयुक्त राष्ट्र संघ वान बेल्ट वान रोड प्रोमोसन कमीटीका चियरमेन डा.वाङलाई निकट भविष्यमा नेपाल भ्रमणको निम्तो दिदै गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला सँग भेटवार्ता गराउने र सहकार्य गरेर अगि बढन पनि अनुरोध गर्नु भयो। आफ्नो कार्यव्यस्तताका वावजुद करीव १ घन्टा समय फाउन्डेशनलाई दिनुभएका डा. वाङ र मिङ ले चियापान गरी कार्यक्रम गर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामा एवं कोषाध्यक्ष सुश्री दावा शेर्पाले प्रशन्नता व्यक्त गर्नुभयो। अन्त्यमा वहाँहरु दुवैलाई विदाई गर्दै अध्यक्ष घिमीरेले वहाँहरुको वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र छिट्टै वहाँहरु सँग सहकार्य गरी अगाडी बढन आफुहरू उत्साहित भएको वताउनुभयो।