नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी

प्रकाशित मिति:

नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी भएका छन्। उनी बीसहजार जेसिजका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए । पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमा भएको ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको थियो । खनालले १०९० ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याए । कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भोजराज चापागाइ,अरूणकुमार दाहाल,शिबप्रसाद भुसाल निर्वाचित भए । त्यस्तैगरी राष्ट्रिय उपाध्यक्षमा रजनी थापा,कल्पना पाण्डे,बिमल ज्ञवाली,राजन गौतमपायल शर्मा,गौतम शाह लगायत छन् । महासचिवमा विकास मानन्धर,कोषाध्यक्षमा फडिन्द्र चापागाइ र कानुनी सल्लाहकार गोकुल सापकोटालाइ अध्यक्षले मनोनित गरेका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ।

त्यस्तैगरी देशभरका शाखाबाट बुटवल लेडी जेसिज उत्कृष्ट शाखा भएर अवार्ड समेत पाएको बुटवल लेडी जेसिजका महासचिब अनुपमा श्रेष्ठले  जानकारी दिइन् । भलबारी जेसिजको आतिथ्यतामा महाधिवेशन भएको हो ।महाधिवेशनशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले गरेका थिए । महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएका छन्। वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो । नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा मैदानमा थिए ।

त्यस्तै, थानकोट जेसिजबाट मोहनलाल डाँगी, पाटन लेडीबाट सुम्रिता शर्मा, पाटन जेसिजबाटै सुमन कृष्ण श्रेष्ठ , रूकमेणी सिग्देल बकुण्डेबेंसी वेसी, कञ्चन झा दुहबी जेसिज ,मुकुन्द दाहाल काठमाडौं जेसिज,अरूण कुमार दाहाल हेटौंडा जेसिज ,रमा प्याकुरेल बालकोट लगायत १७ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि भिडेका थिए त्यस्तै राष्ट्रिय उपाध्यक्षका लागि सितापाईला जेसिजबाट अभिषेक दुलाल,इमाडोल जेसिजबाट सोनित राज ढुंगेल, दुहवी जेसिजबाट विमला सुवेदी कार्की, बुटवल लेडीबाट कल्पना पाण्डे, महेन्द्रनगर जेसिजबाट हरिश भट्ट लगायत ४३ जनाले प्रतिस्पर्धामा उत्रिएका थिए । एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरू, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनाको उपस्थिति थियो ।