तीन ट्रक गाइ तस्करको क्रममा नवलपरासीका युवाले समाते

प्रकाशित मिति:

प्रकाश न्यौपाने ,पुष ४ गते नवलपरासी । पश्चिम नवलपरासीको सुनवल चोकमा आज बिहान करिब ८ बजे तिर ३ ट्रक गाइ तस्करी गर्ने क्रममा नवलपरासीका युवाहरुले नियन्त्रणमा लिनु भएको छ । विश्व हिन्दु युवा संघ नवलपरासीको सक्रियतामा ३ ट्रक गाइ समातिएको हो ।

पश्चिमबाट झापा लैजादै गर्दा करिब १२० वटा गाई समातिएको बिश्व हिन्दु युवा संघका नवलपरासी अध्यक्ष बिकाश थापाले जानकारी दिनु भयो । उहाका अनुसार ती गाइ लाई मासुको रुपमा प्रयोग गर्नका लागि झापामा लान लागिएको हो ।प्रहरी प्रसासनको समन्वयमा गाइ लाई सरक्षण हुने स्थानमा ब्यस्थापन गरिने थापाले जानकारी दिनु भयो ।