पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा, पुस ४ । पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा १५ रुपन्देहीको १९ करोड २७ लाख, ८५ हजार ८ सय ५० रुपैँया पुँजी पुगेको छ । संस्थाले व्यापार व्यवसायमा १० करोड २७ लाख ७० हजार ६ सय ७६ रुपैँया लगानी गरेको छ । कृषिमा २ करोड ७० लाख ५९ हजार ८ सय ३० रुपौँया, शैक्षिक ऋण लगानी ३८ लाख ९१ हजार ८ सय ५० र अन्य ऋण लगानीमा २ करोड ५२ लाख ९३ हजार ८ सय ५५ रुपैँया गरेको छ । रुपन्देही क्षेत्रको अब्बल सावित हुन सफल सहकारीको ७ सय ६८ जना सदस्य रहेको संस्थाको २१ साधारण सभाले जनाएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले कृषि क्षेत्र तर्फ ऋण लगानी गर्नको लागि जोड दिनुभयो । सहकारीले विशेष गरी आफ्ना महिला सदस्यलाई कृषि क्षेत्रमा प्रोत्साहन गरी महिला उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने गुरुङले बताउनुभयो । संस्थाका अध्यक्ष रामनाथ शर्मा उपाध्यायले संस्थालाई अगाडि बढाउनको लागि शेयर सदस्य बढाउँदै जाने र संस्थाका सदस्यहरुको मागलाई मध्यनजर गर्दै संस्थाले नयाँ कार्य गर्दै जाने बताउनुभयो ।

कोभिड १९ का कारण विश्व नै आक्रान्त बनी रहेको अवस्थामा सहकारीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि पुस ४ गते देखि ९ गते सम्म साधारणसभाको मिति तय गरी आफ्ना सदस्यहरुलाई भौतिक रुपमा उपस्थित भई यातायात खर्च लिन समेत व्यवस्था मिलाएको छ ।कार्यक्रममा संस्थाका उपाध्यक्ष शुशिला भण्डारी को स्वागत मन्तव्य सचिव अर्जुन वस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।