जन्मदिनमा न्यानो कपडा बितरण

प्रकाशित मिति:

बुटवल – बुटवलमा अध्ययन संगै व्यावसायिमा तल्लिन प्रदिप टण्डनले मानव सेवा आश्रममा आश्रय लिइरहेका ५७ जना बृद्धा एबम असहायहरुलाई न्यानो टाउजर बितरण गरेका हुन । ५७ जनालाई टाउजर बितरण गरेका प्रदिपको यो भने कुनै नौलो सामाजिक सेवा होइन । उनले बिगतका बर्ष देखिनै आफ्नो जन्मदिनमा खाना खुवाउने , बच्चाबच्चीलाई शैक्षिक सामाग्री बितरण लगायतका कार्यहरु भने गर्दै आइरहेका थिए ।

मानव सेवा आश्रम सुख्खानगरमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि ने बि संघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेल रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले मानव सेवानै सबैभन्दा ठूलो सेवा रहेको र आफू सक्दो सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।कार्यक्रममा अतिथि तिलोत्तमा जेसिज वर्ष २०१९ का अध्यक्ष जे.सि जय प्रकाश भट्टराई , लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष कमल थापा, विद्यार्थी नेता बिबेक भुसाल, अभिभावक माया कार्की लगायतले प्रदिपले गरेको उच्च सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।